काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेड आफ्नो स्थापनाको पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ।
नेपाल सरकारको स्वामित्वमा स्थापित उक्त कम्पनी नेपालको एकमात्र पुनर्बीमा कम्पनी हो। २०७१ सालमा स्थापना भएको कम्पनीले करिब ३ दर्जन मुलुकमा व्यवसाय विस्तार गरिसकेको छ।
आफ्नो स्थापनाको छोटो अवधिमा नै कम्पनीले स्वदेशी बीमकहरुको पुनर्बीमाको उल्लेख्य हिस्सा स्वीकार गरी सुरक्षण दिनुका साथै विदेशी बीमकहरुबाट पनि पुनर्बीमा हिस्सा लिन सफल भएको छ। यो कम्पनीले विदेशी बिमकहरुबाट पनि पुनर्बीमा व्यवसाय स्वीकार गर्दै आएको छ।
बीमा कम्पनीलाई स्वदेशमै पुनर्बीमा गर्न पाउने व्यवस्थाको कार्यान्वयन गर्न नेपाल सरकारको समेत साझेदारी संरचनामा स्थापना भएको यो कम्पनीले व्यवसायको माध्यमबाट आन्तिरिक श्रोत परिचालन गर्न र बचत बहिर्गमन हुनबाट रोक्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।