काठमाडौं- चिलिमे जलविद्युत कम्पनी लिमिटेडले मंसिर ११ मा २३औं वार्षिक साधारण सभा मनाउने भएको छ। कम्पनीले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजाने जनाएको छ।
कात्तिक १८ मा बसेको सञ्चालक समितिको ३६४औं बैठकबाट आगामी २३औं वार्षिक साधारण सभामा नगद लाभांश र बोनस सेयर वितरण गर्ने स्वीकृतिको लागि सिफारिश गर्ने निर्णय भएको हो।
आर्थिक वर्ष २०७५/०७६ मा उक्त कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७ सय ८३ रुपैयाँ बराबर छ। यो चुक्ता पुँजीको ५ प्रतिशत बराबर २३ करोड ७९ लाख ६ हजार ७ सय ९० रुपैयाँ नगद लाभांश बाँढ्ने प्रस्ताव साधारण सभामा लगिनेछ।
त्यस्तै चुक्ता पूँजीको २० प्रतिशत हुने ९५ करोड १६ लाख २७ हजार १ सय ५६ रुपैयाँ बराबर बोनस सेयर बाँड्ने प्रस्ताव पनि साधारण सभामा लगिनेछ।
कात्तिक २७ देखि मंसिर ११ सम्म सेयर दाखिला बन्द (बुक क्लोज) हुने पनि कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।