काठमाडौं- भारतीय सावरी उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले फ्रान्सेली सवारी उत्पादक कम्पनी प्युजो मोटरसाइकल खरिद गरेको छ।
दुई कम्पनीबीच अघिल्लो साता कम्पनी खरिद–बिक्रीसम्बन्धी सम्झौता भएको हो।
महिन्द्राको भगिनी कम्पनी महिन्द्रा टू ह्विलर्स युरोपले प्युजो मोटरसाइकल (पिएमटिसी)को पूर्ण स्वामित्व खरिद गरेको हो।
कम्पनी कति मूल्यमा खरिद भएको हो भन्नेबारे दुबै कम्पनीले केही बताएका छैनन्।
महिन्द्रा टू ह्विलर्ससँग प्युजो मोटरसाइकलको ५१ प्रतिशत सेयर रहेको थियो।
प्युजो मोटरसाइकलको युरोप तथा चीनमा राम्रो बजार रहेकाले त्यसलाई कायम राख्दै अन्यत्र समेत बजार विस्तार गर्ने योजनामा महिन्द्रा रहेको छ।
प्युजो मोटरसाइकलले २०१९ देखि २०२१ बीचमा ७ नयाँ उत्पादन बजारमा ल्याउँदै गरेकाले यो सम्झौताले उक्त उत्पादनको बजारीकरणमा थप सहयोग पुग्ने विश्वास महिन्द्राको टू ह्विलर हेड राजेश जुजारकरले बताए।
महिन्द्रा ग्रुपले भारतमा फोर्डसमेत आफैले उत्पादन गर्ने गरी यसै वर्ष सम्झौता गरेको थियो।
महिन्द्राले प्युजो खरिदसँगै विभिन्न ब्रान्ड तथा सेगमेन्टमा अब्बल बनाउँदै लगेको छ।
२०१४ को अक्टोबरमा महिन्द्राले प्युजो मोटरसाइकलको ५१ प्रतिशत सेयर २८ मिलियन युरोमा खरिद गरेको घोषणा गरेको थियो।
उक्त खरिद प्रक्रिया जनावरी २०१५ मा सकिएको थियो।
प्युजो मोटरसाकल फ्रान्सको पिएसए ग्रुप अन्तर्गतको कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।