काठमाडौं- विद्युतीय उपकरण निर्माता कम्पनी एलजीको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले काठमाडौंको पेप्सीकोलामा नयाँ शो रुम संचालनमा ल्याएको छ।
शुक्रबार एक कार्यक्रम गरी उद्घाटन गरिएपछि शो रुम संचालनमा ल्याइएको हो। नयाँ सो रुमको नाम भ्याली डिजिटल राखिएको छ।
ब्रान्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउँदै जाने कम्पनीको मुख्य उद्देश्य रहेकाले शो रुम विस्तार गरिएको बताइएको छ।
नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने छ।
त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको बताएको छ। कुनै पनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।