काठमाडौं- सिजीको चाडपर्वलाई लक्षित 'सिजीसँग उत्साहउमंग, थाइल्यान्ड जाऔं परिवारसँग' स्किमअन्तर्गत पहिलो चरणको लक्की-ड्रको नतिजा सार्वजनिक गरिएको छ।
असोज १६ गते गरिएको लक्की-ड्रमा सुनसरी खनारका भरत साह र गोदावरी ललितपुरका कुमार लामाका जोडीले थाइल्यान्ड जाने अवसर प्राप्त गरेका छन्।
सिजीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी सो लक्की ड्र को नतिजा सार्वजनिक गरिएको हो।
भाद्र २० गते देखि लागू गरिएको यो योजना सीमित समयका लागि भएको कम्पनीले जानकारी दिएको छ।
सिजी ब्रान्डका होम एप्लायन्स खरिदमा आकर्षक उपहारसहितका विभिन्न अफर राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।