काठमाडौं- गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)ले विश्व पर्यटन दिवसको अवसर पारेर तीन पर्यटकीय गन्तव्य छनोट गर्दै आएको छ। मञ्चले सन् २०१९/०२० को लागि छनोट गरेको ३ वटा नमूना गाउँमा धादिङको रुबीभ्याली पनि परको छ।
मञ्चका कार्यकारी अध्यक्ष दिपक दाहालले धादिङ जिल्लाको रुबीभ्याली गाउँपालिका–४ चालिसा गाउँ, ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँ र बागलुङ जिल्लाको काँठेखोला गाउँपालिका–४ फापरखेत गाउँलाई घोषणा गरिएको जानकारी दिए।
४०औं विश्व पर्यटन दिवसको अवसरमा गणतन्त्र पार्कमा आयोजित एक कार्यक्रममा नयाँ नमूना गाउँ घोषणा गरिएको हो।
भिटोफले प्रत्येक वर्ष नयाँ गन्तव्य गाउँ घोषणा गरी होमस्टे प्रवर्द्धन लगायतका कार्यक्रम गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।