काठमाडौं- नेपाल विद्युत प्राधिकरणले देशभरी रहेका थ्री फेज मिटर तथा टिओडि मिटरहरुलाई स्मार्ट स्मार्ट मिटरमा प्रतिस्थापन गर्ने कार्य द्रुत गतिमा अगाडि बढेको छ।
आगामी एक वर्षभित्रै देशभरी स्मार्ट मीटर जडान गर्ने र वितरण प्रणालीलाई स्वचालि बनाउने योजना रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताए।
प्राधिकरणले विद्युत चुहावट नियन्त्रणलाई १५ प्रतिशतबाट घटाएर १ वर्षभित्र १२ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ। चुहावट नियन्त्रणको मुख्य आधारका रुपमा पुराना मिटरहरुलाई स्मार्ट मिटरबाट प्रतिस्थापन गर्नु पनि रहेको घििसङको भनाई छ।
हाल प्राधिकरणले ओद्योगिक क्षेत्रमा रहेका १० हजारको ‘टिओडी मिटर’ लाई स्मार्ट मिटरमा प्रतिस्थापन गरिसकेको छ। स्मार्ट मिटर संचालनमा ल्याउँदा प्राधिकरणको केन्द्रीय कार्यालयबाटै कुन मिटर कति क्षमतामा चलिरहेको छ भनेर जानकारी लिन सकिन्छ।
घिसिङका अनुसार केही समयभित्रै प्राधिकरणले करीब करिब १ लाखको हाराहारीमा रहेका थ्री(फेज मिटरलाई पनि स्मार्ट मिटरमा प्रतिस्थापन गरिसक्नेछ।
‘सबै ठाउँमा स्मार्ट मिटर राख्दैछौं। एक वर्षभित्र सबै थ्री फेज मिटर स्मार्ट मिटरमा परिवर्तन भइसक्छन्। प्राधिकरणको ६० प्रतिशत राजस्व संकलन थ्री फेज मिटर प्रयोग गरिरहेका ग्राहकबाट आउँछ। त्यसकारण थ्री फेज प्रतिस्थापन हाम्रो मुख्य लक्ष्य हो,’ घिसिङले भने।
घरायसी प्रयोजनमा प्रयोग भईरहेका ४५ लाख मिटर परिवर्तन गर्न भने समय लाग्ने उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।