• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अन्त:शुल्क स्टिकर खरिद विवाद अदालत प्रवेश, मिराजको मागअनुसार अन्तरिम आदेश

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  २२:१३
1140x725

काठमाडौं- अन्त:शुल्क स्टिकर खरिदका लागि आन्तरिक राजस्व विभागले अघि बढाएको प्रक्रिया अदालत प्रवेश गरेको छ। स्वदेशी कम्पनीलाई प्रतिस्पर्धाको अवसर नै नदिई खरिद प्रक्रिया अघि बढाइएको र यसले संविधान तथा प्रचलित कानुनको उल्लंघन गरेको भन्दै एक प्रिन्टिङ प्रेस सञ्चालकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।

स्वदेशी कम्पनीलाई पनि प्रतिस्पर्धाको प्रक्रियामा सहभागी गराउनुपर्ने माग गर्दै मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले दायर गरेको रिटमा सर्वोच्च अदालतले प्रक्रिया यथास्थानमा राख्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले प्रक्रिया यथास्थानमा राख्न आदेश दिएको हो। अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ। अन्तिम टुंगो छलफलपछि दिनेछ।

विभागले असोज १३ गते ४५ दिनको समय दिएर अन्तःशुल्क स्टिकर आपूर्तिका लागि बोलपत्र प्रकाशन गरेको थियो। कात्तिक २८ गते ४५ दिन पुग्ने भए पनि विभागले त्यसको एकदिन अघि अर्थात कात्तिक २७ गते १५ दिनको म्याद थप गरेको थियो। 

किन गए घिमिरे सर्वोच्च?'
मिराज प्रिन्टिङ सोलुसन्सका सञ्चालक घिमिरे नेपालमै सुरक्षण मुद्रण उद्योगको मापदण्ड पुरा गरेका कम्पनीले काम गरिरहेको र त्यसमध्ये एउटा आफू पनि भएकाले प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने जिकिर गर्दै अदालत गएका हुन्। आफ्नो कम्पनीले अहिले टेलिकम कम्पनीहरुको रिचार्ज कार्ड छपाइ गरिरहेको र अन्तःशुल्क स्टिकर पनि छाप्न सक्ने योग्यता राख्ने भन्दै प्रतिस्पर्धाको अवसर दिनुपर्ने उनको तर्क छ।

विभागले अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गरेकाले स्वदेशी कम्पनीहरु प्रतिस्पर्धाबाटै बञ्चित हुनुपरेको भन्दै उनी यसको विरुद्धमा छन्। घिमिरेले यो प्रक्रिया रोक्न संसदको सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

'हामी सक्षम छौँ, गुणस्तरीय स्टिकर छपाइका लागि योग्य छौँ,' उनले भने, 'स्टिकर छाप्न मलाई नै दिनुपर्छ भन्ने मेरो तर्क होइन, प्रतिस्पर्धामा भाग लिन पाउनुपर्छ भन्ने जिकिर हो।' घिमिरेले म्याद सकिनु एकदिन अघि रिट दायर गरेका थिए। प्रधानन्याधीश राणाले उनको मागअनुसार नै अन्तरिम आदेश दिएका छन्। 

औद्योगिक व्यवसाय ऐनको अनुसूची १ मा सुरक्षात्मक छपाइ (सेक्युरिटी प्रिन्टिङ), मुद्रा तथा सिक्का उद्योग र अन्य ८ किसिमका उद्योगलाई अनुमती लिनुपर्ने उद्योगको सूचीमा राखिएको छ। यी उद्योग सञ्चालन गर्नुअघि उद्योग तथा लगानी प्रवर्द्धन बोर्डबाट अनुमती लिनुपर्ने व्यवस्था यही ऐनको दफा ७ मा गरिएको छ। घिमिरेले भने सुरक्षात्मक उद्योगबारे अन्यत्र कतै परिभाषा नगरिएकाले आफूहरु योग्य रहेको जिकिर गरेका छन्। 

आन्तरिक राजस्व विभागले प्रकाशन गरेको बोलपत्रमा सहभागी हुन चाहने कम्पनी इन्टरग्राफको सदस्य हुनुपर्ने उल्लेख गरिएको छ। इन्टरग्राफले युरोपेली युनियनको हितका लागि काम गर्ने र उसले दिने मान्यता पनि आइएसओ १४२९८:२०१३ कै मापदण्डलाई आधार मान्ने भन्दै घिमिरेले आफ्नो कम्पनीले पनि यो मान्यता पाएको बताए। 

Xtrem
Xtrem

उद्योग र सञ्चार मन्त्रालयको अर्थलाई पत्र: सुरक्षात्मक छपाइ उद्योग छैनन्
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले स्वदेशी कम्पनीलाई पनि बोलपत्रमा सहभागी हुने अवसरबाट बञ्चित नगराउन अर्थ मन्त्रालय र विभागलाई निर्देशन दिएका थिए। 

तीनवटा निकायको निर्देशनपछि विभागले अन्तःशुल्क स्टिकर छाइको बोलपत्र आव्हान गर्नुअघि अर्थ मन्त्रालयमार्फत उद्योग मन्त्रालयलाई सुरक्षात्मक उद्योग दर्ता भए/नभएको विवरण दिन भनेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ऐनको यही व्यवस्थालाई आधार मानेर कुनै पनि सुरक्षात्मक उद्योग दर्ता नभएको जवाफ पठाएको थियो।

सम्बन्धित समाचारः
अन्तःशुल्क स्टिकर खरिद : कमसल स्टिकर किन्न लेखा समितिको दबाब

अन्त:शुल्क स्टिकर खरिद : लेखा समिति र अर्थ मन्त्रालयबीच द्वन्द्व बढ्ने संकेत

अन्त:शुल्क स्टिकर खरिद : विभागले समय थप्यो, प्रक्रिया रोक्न लेखाको दोस्रो निर्देशन

 

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्