• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली फिल्ममा फेरि जम्लान् रमेश उप्रेती?

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १०, २०७४  ०६:५९
1140x725

काठमाडौं- अभिनेता रमेश उप्रेती भन्ने गर्छन्, ‘फिल्मी क्षेत्रमा आउनु सम्भवत: मेरो जीवनको सबैभन्दा राम्रो निर्णय थियो।’ 

‘रगत’ फिल्मबाट नेपाली रजतपटमा प्रवेश गरेका रमेश विद्यार्थीकालमा मीनभवन क्याम्पसमा अखिलको राजनीतिमा सक्रिय थिए। क्याम्पसमा अखिल र नेपाल विद्यार्थी संघबीच हुने भिडन्तमा उनी सधैं अग्रमोर्चामा देखिन्थे। मार्सल आर्टस् र युवा जोसले उनी झगडामा अगाडि सरिहाल्थे। तर, निर्देशक नारायण पुरीसँगको चिनजान उनको करिअरको टर्निङ प्वाइन्ट बन्यो।

त्यतिबेला ‘गड फादर’ नभएकालाई नेपाली फिल्ममा प्रवेश गर्न निकै गाह्रो थियो। रमेश डान्समा पनि  पोख्त थिए। त्यसैले पुरीको एकै नजरमा उनी चढे। 

पुरी नै उनलाई हौस्याउँथे, ‘यति ह्यान्डसम मान्छे। नाच्न र फाइट हान्न जान्ने मान्छे; फिल्मको हिरो हुनुपर्छ।’ 

पुरीको उक्साहटबाट फुरुंग परेका रमेशले केही समयभित्रै नेपाली फिल्ममा पाइला त टेके तर पुरीले भने जस्तै हिरोबाट होइन, भिलेनको भूमिकामा। ‘रगत’मा उनले विजयको खलनायकी भूमिकाबाट डेब्यु गरेका थिए। लगत्तै उनले ‘यो मायाले लौ न सतायो’ तथा ‘करोडपति’मा पनि भिलेनकै चरित्र निर्वाह गरे। 

‘त्यति बेला फिल्ममा काम गर्न पाउनु नै ठूलो कुरा थियो। फिल्म उद्योगमा आफूले चिनेको कोही थिएन, त्यसैले भिलेनको रोलहरू खेलेँ,' उनले आफ्नो फिल्मीयात्रा सम्झिए। 

रमेशलाई भुवन केसीले निर्माण गरेको ‘करोडपति’मा प्रस्ताव कसरी आयो सुरूमा थाहा भएन। पछि थाहा पाए, चर्चित खलनायक महेन्द्र बुढाथोकीले नै उनको नाम सुझाएका रहेछन्।

‘करोडपति फिल्मका लागि महेन्द्रजीलाई प्रस्ताव गरिएको रहेछ। मैले ‘रगत’मा उहाँसँग काम गरिसकेको थिए। त्यसैले उहाँले आफूलाई रोल नसुहाउने भन्दै मेरो सिफारिस गर्नुभएको रहेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

खलनायकबाट नायकको यात्रा
खलनायकका रूपमा रमेशको काम रूचाइयो। राजेश हमाललाई नेपाली उद्योगमा डेब्यु दिएका दीपक रायमाझीले नै रमेशलाई नेपाली रजतपटमा हिरो बनाएका थिए। फिल्म ‘पराईघर’ बाट। 

‘मैले उहाँको ‘यो मायाले लौ न सतायो’ फिल्ममा खलनायक भएर काम गरेँ। उहाँले मेरो अभिनय र फाइट मन पराउनुभयो। सुटिङमा उहाँले म नाच्न पनि सक्छु भन्ने थाहा पाउनुभयो,’ उनले खलनायकबाट नायकतर्फको यात्रा सरसर्ती बताए।

उद्योगका नयाँ स्टार
रमेश नेपाली फिल्ममा एउटा पूर्ण प्याकेज जस्तै थिए। उनीसँग लुक्स थियो। फाइट उत्तिकै राम्रो। राम्रो नाच्न सक्थे। अभिनय पनि जानेका थिए। यी चारै गुणको सम्मिश्रणका कारण उनलाई हिरो बन्न मद्दत गर्‍यो।

‘पराईघर’ पछि उनको हिरोको रूपमा माग बढ्यो। हेर्दाहेर्दै उनी नेपाली फिल्ममा व्यस्त हिरो बन्न पुगे। रमेश हिरो बन्ने प्रक्रियामा रहँदा नेपाली चलचित्रमा राजेश हमाल, धीरेन शाक्य, भुवन केसी, शिव श्रेष्ठ, सुधाम्सु जोशी जस्ता हिरोहरू सक्रिय थिए। तर, रमेशको चक्लेटी अनुहार सबैको नजरमा पर्‍यो। उनी दर्शकको रोजाइमा परे। बढ्दो क्रेजले रमेशको व्यस्तता ह्वातै बढायो। 

Xtrem

Xtrem

रमेशको व्यस्तता यतिसम्म बढ्यो कि उनले छाडेका फिल्मले दीलिप रायमाझीलाई नेपाली फिल्ममा स्थापित गर्न सहयोग गर्‍यो। 

उनले ‘दर्पणछायाँ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘जिन्दगानी’ जस्ता फिल्मलाई समय अभावले नाइँ भनेका थिए।

‘यो मायाको सागर’ फिल्ममा रमेशलाई निर्देशन गरेका अशोक शर्माका अनुसार रमेशको चक्लेटी अनुहार र त्यतिबेला नाच्न, फाइट, अभिनय गर्न जान्ने खुबीका कारण उनी दर्शक र निर्देशकको रोजाइमा परेका हुन्। अभिनेता राजेश हमालपछि सर्वाधिक व्यस्त अभिनेता रमेश नै थिए। 

स्क्रिप्ट नपढी फिल्म
दर्शक र निर्देशकको रोजाइमा परेका रमेशले आफूलाई मेन्टेन भने गरेनन्। उनी फिल्मको स्क्रिप्ट नपढी फिल्म गर्थे। उनी आफै पनि स्विकार गर्छन्, ‘म एक लाइन सुन्थेँ। कति फिल्म गीत मन परेर गरेँ, कति ब्यानर र निर्देशकको नाम हेरेर गरेँ। मैले कहिल्यै गम्भीर भएर फिल्म अध्ययन गरेर गरिनँ।’

बिहेमा घरबाटै फरार
भर्खर फिल्ममा प्रवेश गरेका उनलाई परिवारबाट बिहेको चर्को दबाब थियो। विशेषगरी दबाब आमाको थियो। भर्खर २२–२३ वर्षका रमेश बिहे भन्ने शब्दसँगै चिढिएका थिए। 
आमाको बढ्दो दबाबका कारण उनी बिहेको लागि तयार त भए तर बिहे गर्ने दिन नजिकिँदै जाँदा उनी घरबाटै भागे। 

‘म बाहिर भाडामा बस्न थालेँ। आमाको करले हुन्छ भने पनि म मानसिक रूपले विवाहको लागि तयार थिइनँ। त्यसैले मैले घर छोडेको थिएँ,’ उनी भन्छन्। केटीपक्षले उनैलाई छोरी दिन लामो समय कुरे। पछि उनले किरण राणासँग प्रेम विवाह गरे।

अमेरिका बसाइ
करिअर उत्कर्षमै थियो। एक्कासि उनले अमेरिका जाने निधो गरे। २०६२–६३ को आन्दोलनपछि फिल्म निर्माण कम भइरहेको थियो। यतिबेला विवाह गरिसकेका रमेशमाथि घरायसी जिम्मेवारी बढ्न थालिसकेको थियो। त्यसैले उनी घरपरिवारको सल्लाह स्वीकार गर्दै अमेरिका हानिए। करिब एक दशक अमेरिकामै बिताए। 

रमेश भन्छन्, ‘अमेरिका गएपछि थप परिपक्व भए। संघर्षलाई थप गहिराइसँग बुझ्ने मौका पाएँ। आफ्नो चलिरहेको काम छोडेर अमेरिका जाँदा केही दुःख पनि लागेको थियो।' आफू ओरालो लागेर अमेरिका पसेको नभई बाध्यताले नेपाल छाड्नुपरेको बताउँछन् उनी। 

अमेरिकामा बसोबास गर्दा उनी आम नेपाली जस्तै काम गर्थे। ‘अमेरिकामा कि तपाईंसँग विशेष स्किल हुनुपर्छ कि राम्रो पढाइ। मसँग दुवै थिएन। मैले ग्रसरी, ग्यास स्टेसन, लिकर सप, ओल्ड एज केयर आदि सबै ठाउँमा काम गरेँ।’

फेरि नेपाल
रमेशलाई लाग्छ, नेपाल बसिरहेको भए ८–१० वटा सिनेमा थपिने थियो होला। त्यो गर्ने समयमा उनले अमेरिकामा आफुलाई आर्थिक रूपले उकासे। करिब ती वर्षअगाडि उनी नेपाल फर्किएका हुन्। लगत्तै उनी फिल्ममा फर्किने अभियानमा लागे। लामो ग्याप भएको हुनाले उनी केही समय नेपाली फिल्मको नयाँ ट्रेन्डलाई बुझन अध्ययन पनि गरे।

सुरुमा उनलाई फिल्म निर्माणमा रुचि थियो। तर, नेपाली फिल्मको बदलिएको ट्रेन्डसँगै उनी तत्कालै फिल्म बनाउने योजनाबाट टाढा बसे। र, ’ब्रासलेट’ फिल्ममार्फत पुनः अभिनयमा फर्किए। फिल्म चलेन। त्यसपश्चात् उनी फिल्म निर्माणमा होम्मिए। 

उनले निर्माण गरेको ‘ऐश्वर्य’ रिलिज भइसकेको छ। फिल्मको कथा भयंकर नभए पनि फिल्म बनाउन कुनै कम्प्रोमाइज नगरेको उनी सुनाउँछन्। उनी फिल्मका मुख्य अभिनेता समेत हुन्। 

रमेशको आगामी बाटो के होला?

'त्यो त ऐश्वर्यको नतिजाले नै तय गर्नेछ,' उनले संक्षेपमा जवाफ दिए। 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०७४  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्