काठमाडौं- एसिया स्वच्छ व्यवसाय सम्मेलन-२०१८ काठमाडौंमा हुने तय भएको छ। फेयर ट्रेड ग्रुप, नेपालले मंगलबार काठमाडाौंमा पत्रकार सम्मेलन गरी आगामी बिहिबारदेखि काठमाडौं सुरु हुने जानकारी गराएको हो।
_x000D__x000D_
तीन दिनसम्म चल्ने सम्मेलनमा एसिया र विश्वभरका स्वच्छ व्यवसाय संगठनमा आबद्ध प्रतिनिधिहरू सहभागी हुनेछन्। दिगो विकास लक्ष्य हासिल हुने गरी स्वच्छ व्यवसायलाई अघि बढाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो। सम्मेलनमा व्यवसायीहरुले स्टल पनि राख्नेछन्।
_x000D__x000D_
एसियाली राष्ट्रका मुख्य-मुख्य सहरमा हरेक दुई वर्षमा यो सम्मेलन आयोजना हुने गरेको छ। यस वर्ष काठमाडौलाई छनौट गरिएको पनि फेयर ट्रेड ग्रुपले जनाएको छ। सम्मेलनमा स्वच्छ व्यवसायको मूल्यांकन पद्धति, बजार विस्तार र प्रवर्द्धनका विविध विषयमा छलफल गरी ठोस रणनीति तय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।