काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई करिब ३९ अर्ब ३२ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ।
_x000D__x000D_
पूर्व–पश्चिम राजमार्ग सुधार परियोजना र प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि एडिबीले सो आर्थिक सहायता उपलब्ध गराउने भएको हो। मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव डा राजन खनाल र एडिबीका लागि नेपाल आवासीय मिसनका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
_x000D__x000D_
एडिबीको सहयोगमध्ये १८ करोड डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक समन्वय कार्यक्रममा खर्च हुनेछ। त्यसैगरी प्रकोप सहनशील विद्यालय निर्माण परियोजनाका लागि १६ करोड ३९ लाख डलर खर्च हुने अर्थ सचिव खनालले जानकारी दिए। एडिबीको सो आर्थिक सहायताबाट नेपालको सडक सञ्जालमा उल्लेख्य सुधार हुने नेपाल सरकारले विश्वास लिएको छ।
_x000D__x000D_
एडिबीले नेपालको पूर्वाधार विकासमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। अर्थ सचिव खनालले नेपाल सरकारलाई एडिबीले गरेको पछिल्लो आर्थिक सहायताप्रति पनि आभार व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।