कपिलवस्तु– छिमेकीको कुटाईबाट महाराजगञ्ज नगरपालिका वडा नम्बर ८ की ३५ वर्षीय मुन्नुदेवी कहार गंभीर घाईते भएकी छिन्।
_x000D__x000D_
सिंचाईका विषयमा विवाद हुँदा छिमेकीको निर्घात कुटाइबाट कहार गम्भीर घाइते भएकी हुन्। छिमेकी झकुरी भन्ने राजेश कहार र उनका बुवा चिन्कु कहारले मुन्नुदेवीलाई कुटपीट गरेका थिए।
_x000D__x000D_
मुन्नुको पेट र तिघ्रामा चोट लागेको प्रहरीले जानकारी दिएको छ। राजेशको मोटरसाईलले पाईप पम्पसेटको पाइप फुटाएपछि भनाभन हुँदा विवाद भएको मुन्नुका श्रीमान् बेचनले बताए।
_x000D__x000D_
घाईते मुन्नुदेवीको तौलिहवा अस्पतालमा उपचार भईरहेको छ।प्रहरीले गरेको घटनाको अनुसन्धान भईरहेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।