राजविराज– राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि भएको कुटपिटको घटनाप्रति नेपाल दलित सेवा समाज सप्तरीले विरोध जनाएको छ। समाजका अध्यक्ष युक्ति मरिकले शनिबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाका दोषीलाई तत्काल कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
_x000D__x000D_
‘राज्यले पटकपटक छुवाछुत अन्त्यको घोषणा गरी जातीय विभेद उन्मूलन राष्ट्रिय दिवससमेत मनाइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दलित केटाले गैरदलित केटी भएको विषयलाई बहाना बनाएर पासवानमाथि भएको कुटपिटले दलित समुदायलाई मात्र नभएर समग्र नेपालीलाई स्तब्ध बनाएको छ।’
_x000D__x000D_
पासवानमाथि शुक्रबार उनकै गाउँ कविलासी नगरपालिका–६ मदनपुरमा कुटपिट भएको थियो। विज्ञप्तिमा उल्लेख भएअनुसार कविलासी नगरपालिका–६ मदनपुरका रामप्रसाद रायकी कक्षा ११ मा पढ्ने छोरी पुनितकुमारी गत कात्तिक २८ गतेदेखि परिवारको सम्पर्कमा छैनन्। राय परिवारले उनीसँगै पढ्ने बेचन रामका छोरा सन्तोष राममाथि छोरी भगाएको आरोप लगाएका छन्।
_x000D__x000D_
सोही विषयमा छलफल गर्न शुक्रबार गाउँमा पञ्चायती बसेको थियो। काम विशेषले मलंगवा जाँदै गरेका पासवानलाई पनि पञ्चायतीमा बस्न आग्रह गरियो। समस्या समाधानका लागि स्थानीय ५ जनालाई जिम्मा दिने असहमति पनि बन्यो। तर, केटी पक्षका फेकन रायले उक्त निर्णयप्रति आपत्ति जनाउँदै २ दिनभित्र केटी उपस्थित नगराए सन्तोषकी बहिनीलाई सार्वजनिक रुपमा बेइज्जत गर्ने प्रस्ताव राखे।
_x000D__x000D_
उक्त प्रस्ताव अस्विकार गरेपछि वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश राय लगायतका ७ जनाले पासवानमाथि कुटपिट गरी घाईते वनाएको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।