काठमाडौं- शेयर बजारका लगानीकर्ताको गुनासो सम्बोधन गर्न अर्थमन्त्रालयले अायकर एेन संसोधन गर्ने तयारी गरेको छ। गत असार १७ गते राजश्व विभागले बोनस र हकप्रद सेयरका आधार मूल्यमा पूँजीगत लाभकर अशुल उपर गर्न पत्र काटेपछि सेयरबजारका लगानीकर्ताले कारोबार नै रोकेर अान्दोलनमा उत्रिएएका थिए।
_x000D__x000D_
पछि विवाद समाधान गर्न सहसचिव उत्तमकुमार खत्रीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको थियो। सो अध्ययन समितिले अायकर एेन नै संशोधन गरी विवाद समाधान गर्ने सुझाव समेटी प्रतिवेदन बुझाएको अर्थ मन्त्रालय स्रोतले बताएको छ। यसका लागि आयकर ऐन २०५८ को दफा ४८ संसोधन गर्नुपर्ने हुन्छ।
_x000D__x000D_
समितिले पूँजीगत लाभकरको विवादको विषयमा 'वेटेज एण्ड एभरेज' का आधारमा पूँजीगत लाभकर लगाउने निर्णय गरेको छ। कुनै एउटा मितिलार्इ आधार बनाएर त्यसै दिनको कारोबारको आधारमा लाभकर लगाउने प्रस्ताव गरेको बुझिएको छ।
_x000D__x000D_
मन्त्रालय स्रोतका अनुसार समितिले केहि दिनमा नै अाधिकारिक रुपमा सार्वजनिक गर्ने तयारी गरिएको छ। ऐनमा नै संसोधन गरिएपछि मात्रै यो विवाद दीर्घकालिन रुपमा टुङ्गिने छ। त्यसैले अर्थमन्त्रालय ऐनलार्इ नै संसोधन गर्ने पक्षमा छ।
_x000D__x000D_
अध्ययन समितिकै प्रतिवेदनलार्इ मन्त्रालयले कार्यान्वयन गर्ने अर्थमन्त्रीले नेपाल स्टक एक्सचेन्जले स्वचालित अनलाइन प्रणालीको उद्घाटन कार्यक्रममा बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।