काठमाडौं- बिलबीजक नदिने कालिमाटीको एक किराना पसललाई अनुगमन टोलीले जरिवाना तिराएको छ। मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वको अनुगमन टोलीले कालिमाटीको सिंह स्टोरलाई ५ हजार जरिवाना तिराएको हो।
_x000D__x000D_
सामान बिक्रीवितरण गर्दा बिलबीजक जारी नगरेको पाइएपछि ‘अन द स्पट’ जरिवाना तिराइएको भन्सार विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए।
_x000D__x000D_
बढी किनमेल हुने चाडवाडको मौका छोपेर उपभोक्ता ठग्ने प्रवृत्ति मौलाएको उनी बताउँछन्। खुद्रा पसल र खासगरी फूटपाथ पसलहरूले अत्यधिक मूल्य बढाएको ठहर विभागको छ।
_x000D_‘डलरको भाउ उच्च हुँदा केही आयातित वस्तुमा न्यून मूल्यवृद्धि भएको छ,’ विभागमा महानिर्देशक गौचन भन्छन्, ‘थोक पसलमा खासै मूल्यवृद्धि देखिएको छैन, तर केही खुद्रा र फूटपाथ पसलेले अत्यधिक मूल्यवृद्धि गराएका देखिन्छ।’ विभागको अनुगमन पनि त्यस्तै खुद्रा र फूटपाथमा केन्द्रित भएको उनले बताए।
_x000D__x000D_
केही दिनअघि विभागले काठमाडौंको न्यूरोडको मख्खनस्थित राजु फेन्सी स्टोरलाई पनि ५ हजार रुपैयाँ जरिवाना तिराएको थियो।
_x000D__x000D_
उपभोक्ता संरक्षण ऐन, २०७५ मा बिलबिजक नदिने फर्मलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म तत्काल जरिवाना गराउने सकिने व्यवस्था छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।