राजविराज– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा सोमबार यात्रु बस दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भएका छन्। घाइते मध्ये १ को अवस्था चिन्ताजनक छ।
_x000D__x000D_
सुनसरीको चतराबाट काठमाडाैं हिँडेको बा ४ ख ४४७० नम्बरको यात्रु बस शम्भुनाथ स्थित देवधार चेकमा आफैं अनियन्त्रित भइ पल्टिएको थियो।
_x000D__x000D_
दुर्घटनामा काभ्रेका दिपक राई, सुनसरीको वराह क्षेत्र ३ का सन्तोष लिम्बु, बराह क्षेत्र २ का लिला दाहाल, ६ का सिता राउत र ७ का जानुका वास्तोला घाइते भएका छन्। घाइते मध्ये काभ्रेका राईको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
_x000D__x000D_
घाइतेहरूको स्थानीय अस्पताल, कल्याणपुर तथा सिरहाको लहानमा उपचार भइरहेको प्रहरी चौधरी कठौनाका सई वीरबहादुर कार्कीले बताए। बसमा करिब ३५ जना यात्रु सवार रहेको उनको भनाइ छ।
_x000D__x000D_
बसका चालकसहित सम्पूर्ण स्टाफ फरार रहेकाले खोजी भइरहेको कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।