• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ ३, २०८२ Sat, May 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
64x64
नेपाल लाइभ शनिबार, वैशाख २२, २०८१  १९:५९
1140x725

म्याग्दी- समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ।

आठ हजार मिटर अग्लो पहिलो मानवपाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ४ मा पर्छ। जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता रहेको बैठकमा छ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो।

आधार शिविरमा शुक्रबार बैठक सम्पन्न गरी आज त्यहाँबाट फर्कनुभएका अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भारतकुमार पुनले समन्वय बैठकको निर्णयानुसार आरोहीले प्रयोग गर्ने आधार शिविर र हिमाल भएको भूगोलमा अन्नपूर्ण आरोहण दिवस मनाउन नेपाल पर्यटन बोर्डलाई पत्राचार गरिने जानकारी दिए।

फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। हरेक वर्ष जुन ३ मा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर ‘अन्नपूर्ण डे’ मनाउने गरिएको छ। यसअघिका वर्षमा पोखरा र कास्कीको अन्नपूर्ण गाउँपालिकाको भूगोलमा अन्नपूर्ण दिवस मनाइएको र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हिमालको रोयल्टी नपाएको अध्यक्ष पुनले बताए।

“राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रोयल्टी दाबी गरेपछि गत मङ्सिरमा उपाध्यक्ष बालानन्द पौडेलसहितको टोलीले स्थलगत अध्ययन गरेर जानुभएको थियो”, उनले भने, “अन्नपूर्ण दिवस मनाउन बजेट विनियोजन गरेको पर्यटन बोर्डले म्याग्दीमा कार्यक्रम आयोजना गर्न गरेको प्रस्तावलाई बेवास्ता गरेकाले दबाबका लागि निर्णयसहित पत्राचार गरिएको हो।”

Ncell 2
Ncell 2

मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। अन्नपूर्ण पहिलोपटक मानवपाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो। हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरीस हर्जोग’ पदमार्गको प्रवर्द्धनका लागि आधार शिविरमा समन्वय बैठक र जनप्रतिनिधिहरूको पदयात्रा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

चालु वसन्तयाममा अन्नपूर्ण आरोहणको अनुमति लिएका २५ जना आरोहीले रु ५१ लाख ६१ हजार आठ सय ८० रोयल्टी तिरेका पर्यटन विभागले जनाएको छ। गत वसन्तयाममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए।

हुमखोला हुँदै गुरासेडाँडा, फुतफेते झरना, सम्धीखर्क, भुसकेत, नारच्याङ पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ।

shivam cement
shivam cement

प्रशासकीय अधिकृत सुवेदीका अनुसार समन्वय बैठकले अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्गलगायत पर्यटकीयस्थलको प्रवर्द्धनमा एकताबद्ध भएर पहल गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा भूपू खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट, भूपू खेलाडी मञ्चका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङको टोलीले अन्नपूर्ण आधार शिविरलाई लक्षित गरेर म्याराथन प्रतियोगिता सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरेको छ।

नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ। विसं २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरिएको थियो।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ। अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणका रूपमा रहेको छ।

-रासस

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु
सम्बन्धित सामग्री
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद जुनु रिजाल काफ्लेको स्वरमा सजिएको यो गीत नेपालीको मनमुटुमा बस्न सफल छ। तर यही गीतले बोलेको भावजस्तै हिमाललाई हिउँको पछ्यौरीले नडाँक्... शनिबार, जेठ ३, २०८२
सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले पहिलोपटक हुन लागेको सम्मेलनमा भाग लिन हालसम्म १६ देशका १ सय ७७ आरोहीले नाम दर्ता गरा... शनिबार, जेठ ३, २०८२
याक प्रवर्द्धनमा जुट्दै ताप्लेजुङका स्थानीय तह पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, नयाँ पुस्तामा चासो नहुनुलगायत कारणले याकपालनप्रति आकर्षण कम हुँदै गएपछि यह... बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
देउवाले भने:  अहिलेको प्रणालीकै कारण मिलेर सरकार बनाउनुपर्ने र चुनाव लड्नुपर्ने बाध्यता छ शनिबार, जेठ ३, २०८२
इन्धनमा बायोइथानोलको प्रयोग बढाउँदै इन्डोनेसिया, सरकारको रणनीतिक योजना सार्वजनिक शनिबार, जेठ ३, २०८२
धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु शनिबार, जेठ ३, २०८२
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित शनिबार, जेठ ३, २०८२
प्रशामक सेवा राष्ट्रिय रणनीति स्वीकृत शनिबार, जेठ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाइ हेर्दा हेर्दैमा शुक्रबार, जेठ २, २०८२
धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या, घटनापछि आत्महत्याको पर्यास शुक्रबार, जेठ २, २०८२
हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा शुक्रबार, जेठ २, २०८२
हावाहुरीको वितन्डाले लुम्बिनीमा पाँच जनाको मृत्यु, ८ घाइते शुक्रबार, जेठ २, २०८२
ढल्केबरमा समस्या हुँदा हिजो विद्युत् झ्याप्प–झुप्प भयो, अब लोडसेडिङ हुँदै हुँदैन : शाक्य शुक्रबार, जेठ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्