काठमाडौं– झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी एनिका अधिकारीमाथि गोली प्रहार भएको हो। उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन्। अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ। उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो।
गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ। घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।