काठमाडाै- नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एयरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । चीनको पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान गर्ने भएकाे हाे ।
_x000D__x000D_
सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउने एयरलाइन्सले जनाएकाे छ। चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एयरलाइन्स हो ।
_x000D__x000D_
२०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ४ः५५ मा आफ्नो उद्घाटन उडान गरेको एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ ः ०५ मा अवतरण गरेको थियो ।
_x000D__x000D_
२०७५ कात्तिक २ गते चोङकिङबाट हिमालयएयरलाइन्सको जहाजले स्थानीय समय रातको १२ ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ ः ५५ मा अवतरण गरेको थियो ।
_x000D__x000D_
बेइजिङ, हाएकाउ, नान्चाङ मा पनि उडान विस्तार गर्ने एयरलाइन्सले लक्ष्य लिएको छ।
_x000D__x000D_
नेपाली एयरलाइन्सले चिनियाँ भुमीमा उडान अनुमति पाउन सकेका थिएनन्। नेपाल एयरलाइन्सले लामो समयदेखि उडान अनुमति मागे पनि पाउन सकेको छैन।
_x000D__x000D_
नेपाल(चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्।
_x000D__x000D_
तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमालय एयरलाइन्सले सम्झौता बाहिरकै सहरमा भएपनि चिनियाँ पक्षले उडान अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।