काठमाडौं– मंगलबार साइन रेसुंगा डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको सेयर मूल्य समायोजन भएको छ।
_x000D__x000D_
साइन रेसुंगा डेभलपमेन्ट बैंकको १७ दशमलब ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो। बैंकको समायोजनपछिको मूल्य नेप्सेले २ सय ४६ रुपैयाँ ३९ पैसा दिएको छ भने आधारभूत मूल्य २ सय ८३ रुपैयाँ १४ पैसा दिएको थियो।
_x000D__x000D_
यता नेप्सेले जानकी फाइनान्सको २२ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको छ। बैंकको समायोजनपछिको मूल्य १ सय ८० रुपैयाँ ३३ पैसा तोकेको छ भने आधारभूत मूल्य २ सय ७ रुपैयाँ ६६ पैसा दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।