काठमाडौं– गुन्डा नाइके समीरमान बस्नेतलाई ललितपुरस्थित नख्खु कारागारबाट मुस्ताङ कारागार पठाइएको छ। सामेबार बिहान पौने ९ बजेको बुद्ध एयरको फ्लाइटमार्फत मुस्ताङ कारागार पठाइएको नुख्खु कारागारका जेलर जीवन दुलालले जानकारी दिए।
_x000D__x000D_
किन मुस्ताङ पठाइएको भन्नेबारे उनले केही खुलाउन चाहेनन्। ‘यो माथिको आदेश हो। किन पठाइयो हामीलाई थाहा छैन। मुस्ताङ पठाउनु भनेर खबर आएकाले पठाएको हौं,’ जेलर दुलालले भने।
_x000D__x000D_
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरेर मंसिर १७ गते बस्नेतलाई सार्वजनिक गरेको थियो।
_x000D__x000D_
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए। उनी यसभन्दा अघि पनि गुन्डागर्दी गरेको आरोपमा पटकपटक पक्राउ पर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।