• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

१७औं नम्बरका डाक्टर

64x64
नेपाल लाइभ आइतबार, असोज १४, २०७५  २१:३०
1140x725
_x000D_
_x000D_

२०१४ साल। तराई क्षेत्रमा मलेरियालगायतका रोगको बिगबिगी थियो। तराई बस्न सक्ने त्यहाँका आदिवासी मात्रै थिए। पहाडी मुलका समुदायले जग्गा–जमिन जोड्न त थालेका थिए तर उनीहरु स्थायी रुपमा त्यहीं बस्न भने मान्दैनथे। उत्पादन क्षेत्रमा पहाडबाट बस्ती सार्ने योजना ‘राप्ती भ्याली प्रोजेक्ट’ चलिरहेको थियो। 

_x000D_ _x000D_

सरकारले यसरी सारिएकाहरुलाई तराईमा हुने समस्याले नसताओस् र  आदिवासीलाई हुने रोगको समाधान होस् भनेर छाप्रे अस्पताल (भरतपुर अस्पताल) खोलेको थियो। तर, त्यहाँ डाक्टर जान मान्दैनथे। किनभने मलेरियाबाट बच्न त्यहाँ पुग्ने डाक्टरले नै दिनको एक ट्याब्लेट औषधि खानुपथ्र्यो। 

_x000D_ _x000D_

त्यस्तो समय भरतपुर पुग्ने डाक्टर हुन् हिरण्यदेव प्रधान। बिरामी हुँदा अस्पताल जानुपर्छ भन्ने चेतनाको विकास स्थानीयमा भइसकेको थिएन। त्यसबखत चितवनमा थारु बस्तीको बाहुल्य थियो। डा. प्रधान सम्झिन्छन्, ‘उनीहरु न खोप लिन मान्थे, न औषधि खान।’ परम्परागत मान्यताले उनीहरु आधुनिक चिकित्सा स्वीकार गर्न चाहँदैनथे। त्यस्तो अवस्थामा डा. प्रधानले रोगविरुद्ध मात्रै होइन, कमजोर चेतनाविरुद्ध पनि उपचार गर्नुपरेको थियो। 

_x000D_ _x000D_

आफैं बस्ती–बस्ती डुलेर उनले बिरामीलाई सम्झाउँदै उपचार गरे। स्वस्थ जीवनका लागि सिपहरु सिकाए। यसकारण चितवनमा समग्र चिकित्सा सेवाको सुरुवात गर्ने श्रेय उनलाई जान्छ। 

_x000D_ _x000D_

अहिले काठमाडौंपछि उपचारका लागि धेरै बिरामी पुग्ने केही सहरमध्ये चितवन एक हुन पुगेको छ। अस्पतालको संख्या वृद्धि भइरहेको छ। मेडिकल सिटीका रुपमा विकास गर्ने बहस चलिरहेको छ। 

_x000D_ _x000D_

यी सबै परिवर्तन आफ्नै आँखाले देखिरहेका डा. प्रधानको स्मृतिपटलमा भने भरतपुर अस्पतालका लागि बनेका छाप्राहरु नाँचिरहेका हुन्छन्। जहाँबाट उनले पहिलोपल्ट सेवा दिएका थिए। 

_x000D_ _x000D_

चितवनलाई मेडिकल सिटी बनाउने चर्चा चलिरहेका बेला स्वास्थ्यखबरले त्यहाँ पुगेर पहिलोपल्ट सेवा दिने डाक्टर खोज्ने क्रममा डा. प्रधान भेटिए। उमेरले ९० वसन्त पार गरेका डा. प्रधानबारे धेरै बेखबर छन्। २७ वर्षदेखि श्रवण शक्तिको समस्या भोगिरहेका उनको धेरैसँग सम्बन्ध–सम्पर्क नै छैन। 

_x000D_ _x000D_

तर, ९० वर्ष उमेरको व्यक्ति भन्नेबित्तिकै दिमागमा आउने तस्बिर भने उनीसामु पुगेपछि गलत सावित भयो। त्यो उमेरका व्यक्तिमा बोल्न, हिंड्न र सम्झिनमा समस्या हुनसक्ने आम अनुमान हामीले पनि गरेका थियौं। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

तर, उनी भने अहिले पनि कसैको सहाराबिना नियमित चाबहिलबाट बिहानै पशुपति पुगेर फर्किने गर्दा रहेछन्। सम्झनामा कुनै कमी आएको छैन। बोलीमा स्पष्टता कायमै छ। तर, श्रवण शक्ति भने शून्यमै झरिसकेको रहेछ। 

_x000D_ _x000D_

स्वास्थ्य खबरका मेडिकल एडिटर डा. सुवास प्याकुरेल र भर्खरै एमबिबिएस सकेकी डा. प्रधानकी छोरीपट्टिकी नातिनी डा. जिज्ञासा श्रेष्ठको सहयोगमा उनीसँग वार्तालाप गरियो। 

_x000D_ _x000D_

उनलाई कापीमा लेखेर प्रश्न गर्ने, त्यो हेरेर उनले मौखिक उत्तर दिने तरिका अपनाइयो। अझै कापीका अक्षर चिन्ने क्षमताले आँखाको दृष्टि पनि कमजोर भइनसकेको दर्शाउँथ्यो।  

_x000D_ _x000D_

हामीले उनलाई २०१४ साल फागुनतिर फर्कायौं, जुन समय उनी चितवनवासीलाई स्वास्थ्य सेवा दिन त्यहाँ पुगेका थिए। 

_x000D_ _x000D_

उनी सम्झिन थाले, ‘त्यहाँ अस्पताल छाप्रो, प्रशासकीय कार्यालय छाप्रो, क्वार्टर छाप्रोलगायत पाँचवटा छाप्रा थिए। 

_x000D_ _x000D_

‘ती पाँचमध्ये एक छाप्रोबाट मैले चिकित्सकीय सेवा आरम्भ गरें। म र काठमाडौंबाटै गएको मेरो भान्से बस्थ्यौं।’ खानेकुरामा केही नपाइने अवस्थालाई ठट्यौलो पारामा उनले भने, ‘तरकारीमा बिहान प्याजआलु र बेलुकी आलुप्याज खाइन्थ्यो।’

_x000D_ _x000D_

तत्कालीन प्रशासक कृष्णबम मल्ल चितवनको विकासमा भरतपुरमा बस्ती विकास गर्न खटिइरहेका थिए। तर, विभिन्न रोगको डरले पहाडियाहरु जमिन लिए पनि त्यहाँ बस्न नमान्ने भएपछि चिकित्सकका लागि स्वास्थ्य सेवा विभागलाई गुहारिएको थियो। वीर अस्पतालमा करारमा काम गरिरहेका डा. प्रधान स्वास्थ्य मन्त्रालयअन्तर्गत जागिरे भएपछि पहिलो पोष्टिङमा चितवन पुगेका थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यो समय चितवन जान सजिलो थिएन। ‘गाडीमा बञ्चरो र साबेल राखेर हिंड्नुपथ्र्यो। बाटोमा ढलेका रुख र झरेका ढुंगा पन्छाउँदै जानुपथ्र्यो,’ उनले सम्झिए। गाउँबस्तीमा पनि त्यसैगरी पुग्थे उनी। 

_x000D_ _x000D_

एमबिबिएस गर्ने नेपाली डाक्टरमा आफू १७औं रहेको उनले बताए। तर मेडिकल काउन्सिलको दर्तामा भने उनी ६७ औं नम्बरमा छन्। २०१३ सालमा आरजी कर मेडिकल कलेज कलकत्ताबाट एमबिबिएस गरेपछि उनी वीर अस्पतालमा करारमा सेवा दिन थाले। प्रतिमहिना ९० रुपैयाँ दिने भनिए पनि तीन महिनासम्म उनले तलब पाएनन्। 

_x000D_ _x000D_

त्यसपछि उनी त्यहाँ छाडेर स्वास्थ्य सेवाअन्तर्गत चितवन पुगेका हुन्। उनले भने, ‘डाक्टर भएर आए पनि खर्च मैसँग माग्छ भनेर आमा भन्नुहुन्थ्यो। मलाई पनि वीर अस्पतालमा पैसा नदिएकोमा चित्त दुख्यो। जहाँ पठाए पनि जान्छु भनेर स्वास्थ्य विभागमा भनें। मेरो पावर लगाउने मान्छे कोही थिएन। कहिल्यै डाक्टर नपुगेको ठाउँ चितवनमा पठाइयो।’  

_x000D_ _x000D_

चितवनमा केही वर्ष सेवा गरेपछि उनी स्वास्थ्य सेवा विभागमा सरुवा भए। सिधा स्वभावका उनी दायाँबायाँ गर्दैनथे। अरुले गरेकोमा पनि आपत्ति जनाउँथे। यसले उनलाई धेरै दिन विभागमा टिकाएन। उनी फेरि भेरी अञ्चल अस्पताल नेपालगञ्ज पठाइए। 

_x000D_ _x000D_

त्यहाँ सेवा गरिरहेका डा. यज्ञराज जोशी महानिर्देशक भएर स्वास्थ्य सेवा विभाग आए। पहिलेदेखि नै डा. प्रधानलाई चिन्ने जोशीले आफूलाई सहयोग हुने ठानेर नेपालगञ्जबाट सरुवा गरेर स्वास्थ्य सेवा विभाग नै ल्याए।

_x000D_ _x000D_

स्वास्थ्य सेवा विभाग आएपछि चिकित्सकको मर्म उनले बुझे। आधुनिक उपकरणका लागि बजेट मागिरहेका चिकित्सकहरुलाई त्यसअघि रित्तो हात फर्काइन्थ्यो। उनकै अगुवाइमा पहिलोपल्ट नेपालमा इसिजी मेसिन भित्रिएको थियो। उनी सम्झिन्छन्, ‘मेरै ब्लड प्रेसर जाँचेर उक्त मेसिनको उद्घाटन भएको थियो।’

_x000D_ _x000D_

स्वास्थ्य सेवा विभागअन्तर्गत बसेर उनले निर्वाह गरेको प्रशासकीय भूमिका देशका निम्ति काम गर्नेलाई मन पथ्र्यो भने शक्तिलाई भजाएर आफ्नो स्वार्थसिद्ध गर्न चाहनेहरु रुष्ट हुन्थे। उनी सम्झिन्छन्, ‘कतिले मेरो नाम हिरण्यकश्यपु राखेका थिए। त्यस्तै निरंकुश छ भन्थे।’

_x000D_ _x000D_

_x000D_ _x000D_

आफू पनि डटेर काम गर्ने र अरुबाट पनि त्यही अपेक्षा गर्ने उनी यथार्थमा सोझा थिए। उनको सपना ठूलो मान्छे होइन, असल राष्ट्रसेवक भएर २० वर्ष पूरा गर्ने थियो। उनी भन्छन्, ‘म इमान्दारीपूर्वक काम गरेर पेन्सन पकाउन चाहन्थें।’ यस्तो लक्ष्य बनाएका उनले स्वास्थ्य सेवा विभागको महानिर्देशकका लागि गरिएको प्रस्ताव पटक–पटक अस्वीकार गरे। 

_x000D_ _x000D_

उनी महानिर्देशकका लागि प्रस्ताव गर्नेलाई भन्थे, ‘मलाई एक दुई वर्ष महानिर्देशक बनाउला। त्यसपछि निकालिहाल्छौ, त्यसपछि म कहाँ जाने ?’ 

_x000D_ _x000D_

उनलाई बिरामीबाट पैसा लिनु जस्तो समस्या अरु केही लाग्दैनथ्यो। त्यसैले स्वास्थ्य सेवाबाट पेन्सन नपकाई घर फर्किंदा पनि समस्या 
_x000D_ देखेका थिए।

_x000D_ _x000D_

स्वास्थ्य प्रशासकका रुपमा उनी कुशल मानिन्थे। उनले आफूलाई सहयोग गर्ने नाममा आफ्ना साथीलाई महानिर्देशकको जिम्मेवारीका लागि सघाएका थिए। जसलाई उनले महानिर्देशक बनाउन जोडतोड गरेका थिए पछि तिनै साथीले स्वास्थ्य सचिवलाई भनेछन्, ‘हिरण्यलाई यहाँबाट सरुवा गरे मात्रै म काम गर्न सक्छु।’

_x000D_ _x000D_

स्वास्थ्य सेवा विभागबाट उनलाई स्वास्थ्य मन्त्रालय सरुवा गरियो। त्यहाँ पनि उनलाई घेराबन्दीमा परेको महसुस भयो। उनले भने, ‘स्वास्थ्य सेवामा २० वर्ष पूरा भइसकेको थियो। उमेर हदका कारण अनिवार्य  अवकाश पाएको थिइनँ। आफ्नै निकटस्थ साथीहरुबाट मविरुद्ध षड्यन्त्र हुन थालेको महसुस भएपछि छाड्न उचित लाग्यो।’

_x000D_ _x000D_

त्यो समय उनका जोशी थरका एक डाक्टर साथी ब्रुनाइको स्वास्थ्य सेवाअन्तर्गत काम गर्थे। उनलाई सम्पर्क गरेर आफूलाई नेपालमा काम गर्न असहज भएको बताए। उनले भने, ‘उसले पहिले नै ब्रुनाई बोलाएको थियो। तर, यहीं काम गर्ने मनसायले म गएको थिइनँ।’

_x000D_ _x000D_

उनी स्वास्थ्य सेवाबाट राजीनामा दिएर ब्रुनाई उडे। ब्रुनाई नेपाल सरकारकै जागिरेको पासपोर्टमा गएका थिए। यो उनका साथीहरुलाई थाहा थियो, उजुरी गरिदिए। त्यहाँ काम गर्न थालेपछि ब्रुनाई सरकारले भन्यो, ‘तिमी त सरकारी पासपोर्टमा आएका रहेछौ, कम्प्लेन आयो। अर्को पासपोर्ट नल्याउँदासम्म काम दिइन्नँ।’

_x000D_ _x000D_

परराष्ट्र मन्त्रालयमा उनकी एकजना साथी थिइन्। उनले तिनै साथीको माध्यमबाट सामान्य पासपोर्ट मगाए र त्यहाँको सरकारलाई बुझाइदिए। त्यो बेला उनको पहुँचको त्यहाँ खुब चर्चा भएको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

ब्रुनाइमा काम गर्दागर्दै एक्कासि कान बज्ने समस्या आयो। उनले उपचारका लागि प्रयास पनि गरे तर उपचार भएन। केही समयपछि उनी सम्पूर्ण रुपमा सुन्न छाडे। जतिबेला यो समस्या आयो, त्यो बेला उनको उमेर जम्मा ६३ वर्ष भएको थियो।

_x000D_ _x000D_

कान नसुने पनि लेख्ने मान्छे राखेर उपचार सेवा दिन उनका साथीहरुले सुझाए। तर, उनलाई त्यो बिरामीमाथिको अन्याय जस्तो लाग्यो। उनी आफू ठिकठाक अवस्थामा रहँदा समेत नेपाल मात्रै होइन, ब्रुनाइमा समेत निजी चिकित्सकीय अभ्यास गरेनन्। त्यसैले उनले चिकित्सा करिअर नै अन्त्य गरे।

_x000D_ _x000D_

पछुतो भने भयो उनलाई, दुःखले पढेको चिकित्सा सेवा लामो समय दिन नपाएकोमा। उनी १२ वर्षकै हुँदा उनका बुबा बितेका थिए। उनकी आमाले घडी, चश्मा, कलम र केही औषधिको पसल राखेकी थिइन्। उनले जुद्धोदय पब्लिक हाई स्कुलबाट एसएलसी र त्रिचन्द्रबाट आइएससी गरेका थिए। 

_x000D_ _x000D_

आइएसीपछि चिकित्सा पढ्ने उनको रुचि थियो भने उनकी आमा पनि छोरा चिकित्सा नै पढोस् भन्ने चाहन्थिन्। एक मन्त्रीका पिए उनका नातेदार पर्थे। त्यसैले एमबिबिएसका लागि भनसुन गरिदिन अनुरोध गरे। उनले भने, ‘छात्रवृत्तिमा त छैन। 

_x000D_ _x000D_

आफैं शुल्क तिर्ने हो भने एक सिट छ।’ मासिक ८५ रुपैयाँ बुझाउनुपर्ने उनले बताए। उनकी आमाले छोराको सपना मर्न दिइनन्। आफैं पैसा तिरेर चिकित्सा पढाउने निधो गरिन्। तर, त्यसपछि पनि समस्या आयो। 

_x000D_ _x000D_

एउटै कोटामा दुईजनालाई पठाइएको रहेछ।  उनले भने, ‘अर्को एकजना पनि सोही कोटामा पठाइएका रहेछन्। पछि मेरो बायोलोजी विषय भएकाले मलाई भर्ना गरियो। उनी निकै पावरवाला थिए तर फर्के।’

_x000D_ _x000D_

२०१३ सालमा कलकत्ताको आरजिकर मेडिकल कलेजबाट एमबिबिएस पास गरेर उनी नेपाल फर्किएका हुन्। 

_x000D_
_x000D_

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बार्सिलोनाको उत्कृष्ट सुरुआत
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रतिनिधिसभाको बैठक बस्दै
सम्बन्धित सामग्री
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएका केसहरूमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमध्य... आइतबार, भदौ ७, २०८३
विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार बौ... आइतबार, भदौ ७, २०८३
क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक स... बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
बार्सिलोनाको उत्कृष्ट सुरुआत सोमबार, भदौ ८, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, भदौ ८, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै सोमबार, भदौ ८, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्