भोजपुर– अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन्।
_x000D__x000D_
१४ जना शिक्षकको दरबन्दी रहेको विद्यालयका प्रधानाध्यापकसहित ६ शिक्षक परीक्षा दिन धनकुटा गए पनि विद्यालय व्यवस्थापन समितिले नियमित रुपमा पठनपाठन गराएको छ।
_x000D__x000D_
मावि तहका शिक्षक परीक्षा दिन गएसंँगै उनीहरुको सट्टामा गत आइतबारदेखि पूर्वप्रधानाध्यापकलगायत अन्य ५ जना स्थानीयले गणित र विज्ञानबाहेक सम्पूर्ण कक्षा नियमित रुपमा सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद आचार्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।