काठमाडौं– दक्षिण कोरियाली राजदूत योङग सिक पार्कले राजदूत पार्कले माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना आगामी जनवरीबाट निर्माण सुरु गर्ने जानकारी गराएका छन्। ऊर्जा, जलस्रोत, तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज सिंहदरबार भएको भेटमा उनले ऊर्जा क्षेत्रमा कोरियाले सहयोग जारी राख्ने पनि बताए।
_x000D__x000D_
माथिल्लो त्रिशूलीको जिम्मा कोरियन कम्पनीले पाएको छ। राजदूतसँगै सहभागी उक्त कम्पनीका प्रतिनिधिले समेत परियोजना यथासम्भव र निश्चित समयभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
_x000D__x000D_
परियोजनाले नेपालको विकासमा ठूलो योगदान पुग्ने भन्दै त्यसका लागि ४ सय ५० मिलियन डलर ऋण लिन कम्पनीले प्रक्रिया अघि बढाइसकेको उनको भनाइ थियो। २१६ मेगावाटको उक्त परियोजनामा कोरियन साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत,डेलिम कन्सट्रक्सन कम्पनीको १६ प्रतिशत, केरुङ कन्सट्रक्सनको १० प्रतिशत, इन्टरनेसनल फाइनानस कर्पको १२ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत सेयर संरचना रहेको छ।
_x000D__x000D_
मन्त्री पुनले भेटमा कोरियाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रति सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए। गर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै उनले कोरियाली लगानीकर्तालाई थप लगानी गर्नसमेत आह्वान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।