काठमाडौं– गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छिन्।
_x000D__x000D_
छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी हुन्।
_x000D__x000D_
गंगामायाका पति नन्दप्रसाद अधिकारीको आमरण अनसनकै क्रममा ४ वर्षअघि निधन भएको थियो। पति नन्दप्रसादको चौथो स्मृति दिवसको अवसर पारेर शनिबार वीर अस्पतालको मूलगेटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशले आफूलाई न्याय नदिए पनि अन्तर्राष्ट्रिय अदालतले न्याय दिने विश्वास व्यक्त गरिन्।
_x000D__x000D_
द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कानुनी दायरामा ल्याउन यसबीचमा ११ वटा सरकारसँग आग्रह गरेपनि आफूहरुलाई न्याय नदिएको गंगामायाले स्मरण गरिन्।
_x000D__x000D_
गंगामायाले आफ्नो छोरालाई तत्कालीन माओवादी र पतिलाई सरकारले मारेको आरोप लगाउँदै ठूला अपराधीलाई अन्तर्राष्ट्रिय अदालतले समात्ने विश्वास व्यक्त गरिन्। आमरण अनसनका कारण शिथिल बनेकी गंगामायाले फरक प्रसंगमा कन्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन प्रक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्नसमेत गरेकी थिइन्।
_x000D__x000D_
छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्ने आदेश दिएपछि गंगामायाले नेपालबाट आफूले न्याय पाउने आशा मरेको बताइन्। सरकार र अदालतले न्याय नदिएकै कारण पति नन्दप्रसादले समेत ज्यान गुमाउनु परेको उनले दाबी गरिन्।
_x000D__x000D_
छोराको हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनसनकै क्रममा ज्यान गुमाएका नन्दप्रसादको हालसम्म पनि दाहसंस्कार हुन सकेको छैन। उनको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।