काठमाडौं– नेपाल खाद्य संस्थानले दशैंका लागि २ हजार खसीबोका र च्यांग्रा काठमाडौं ल्याउने भएको छ। उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी उक्त संख्याका चौपाया उपत्यका ल्याउन लागिएको संस्थानले जनाएको छ। संस्थानले हरेक वर्ष उपत्यकामा सहुलियत दरमा वितरण गर्नेगरी चौपाया ल्याउने गर्छ।
_x000D__x000D_
संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार आउँदो दशैंका लागि १ हजार खसीबोका र १ हजार च्यांग्रा काठमाडौंमा ल्याइन लागिएको छ।
_x000D__x000D_
ती चौपाया भित्र्याउने तयारी सकिएको संस्थानको भनाइ छ।
_x000D__x000D_
चौपायाको मासुको बिक्री मूल्य भने अझै निर्धारण गरिएको छैन। ‘खाद्य संस्थानको उद्देश्य नाफा कमाउने नरहेकाले लागत मूल्यमा न्यूनतम नाफा राखेर उपभोक्तालाई मासु उपलब्ध गराउछौं,’ संस्थानका प्रवक्ता सापकोटाले भने।
_x000D__x000D_
संस्थानले घटस्थापनाको दिनदेखि उपत्यकामा खसीबोका बिक्री वितरण गर्ने जानाएको छ। ती चौपाया थापाथलीस्थित बिक्री केन्द्रबाट बेचविखन गर्ने संस्थानले जनाएको छ।
_x000D__x000D_
अघिल्लो वर्षको दशैंमा २ हजार ५ सय चौपाया उपत्यकाका लागि ल्याउने योजना बनाए पनि संस्थानले १ हजार ८ सय चौपायामात्र ल्याएको थियो। ती चौपायामध्ये खसीबोकाको मासु प्रतिकिलो ४ सय ५० र च्यांग्रा प्रतिकिलो ६ सय ५० रुपैयाँमा बेचेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।