काठमाडौं– सवारी साधनहरुको कुम्भ मेला ‘नाडा अटो शो’ आजदेखि काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ।
उक्त अटो मेलालाई लक्षित गरेर विभिन्न ब्रान्डका चार पांग्रे सवारीसाधन बिक्री गर्दै आएका कम्पनीले छुटका योजना ल्याएका छन्। ठूला चाडपर्वको पूर्वसन्ध्यामा हुने अटो शोमा गाडी कम्पनीहरुले पर्वलक्षित अफर तथा स्किमसमेत सार्वजनिक गर्ने गर्छन्।
कुन कम्पनीले ल्याए कस्तो अफरः
होन्डाको गाडीमा ४ लाखसम्म छुट
नाडा अटो शोलाई लक्षित गर्दै होन्डाले गाडी खरिदमा विशेष छुट सहितको अफर ल्याएको छ। होन्डाले विभिन्न मोडलका गाडी खरिदमा २ लाखदेखि ४ लाख रुपैयाँसम्म छुट अफर ल्याएको जनाएको छ। कम्पनीले बिरिओ एस एमटी मोडल २९ लाख २५ हजार रुपैयाँदेखि सिआरभी १.५ एल आरडब्लु मोडलको १ करोड २६ लाख रुपैयाँसम्मको गाडी बिक्रीमा राखेको छ।
साङयोङ गाडी खरिदमा ५ लाखसम्मको छुट
नाडा अटो शोलाई लक्षित गर्दै साङयोङ गाडी खरिदमा ५ लाख रुपैयाँसम्मको छुट अफर ल्याइएको छ। कम्पनीले टिभोली, रेक्सटन, कोरान्डो, एक्सएलभी र एकट्योन गरी ५ मोडलका गाडीहरु अटो शोमा राखेको छ। जसमध्ये टिभोली मोडलको ५६ लाख रुपैयाँ (नाडा अटो छुट मूल्य) देखि रेक्सटन १ करोड २१ लाख रुपैयाँ (नाडा अटो छुट मूल्य) सम्मको गाडी बिक्रीमा राखेको छ।
साथै प्रत्येक गाडीको खरिदमा सामसुङ ग्यालेक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुविधा दिएको छ। यसबाहेक कम्पनीले प्रत्येक गाडीमा ३ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी प्रदान गर्ने जनाएको छ। सुलभ इएमआई, १ वर्षको निःशुल्क रोड ट्याक्स, १ वर्ष निःशुल्क बिमा, ५ वर्ष निःशुल्क सर्भिसिङ, २५ हजार रुपैयाँसम्मको निःशुल्क एसेसरिज पनि प्रदान गरिने छ।
सुजुकीको गाडीमा २ लाख रुपैयाँसम्म नगद छुट
जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सिजी मोटो कर्पले नाडामा अफर ल्याएको छ। अफरअन्तर्गत उपभोक्ताले २ लाख रुपैयाँसम्म नगद छुट, १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा स्क्रयाच कुपनमार्फत १ लाख रुपौयाँसम्म अतिरिक्त छुट पाउनेछन्।
डाट्सन गाडीमा विशेष छुट अफर
डाट्सन गाडी खरिद गर्ने उपभोक्तालेसमेत अटो शो अवधिभर विशेष छुट पाउने कम्पनीले बताएको छ। कम्पनीले एक लाख ५ हजारसम्मको निःशुल्क एक्सेसरिज, २ लाखसम्मको नगद छुट समेत गरी कूल तीन लाख ६६ हजार आठ सय रुपैयाँसम्मको छुट ल्याएको छ। नाडा अटो शोको अवसरमा बुकिङ गर्नेे ग्राहकले २७ हजार बराबरको स्मार्ट फोन पनि प्राप्त गर्नेछन्।
साथै गाडीको खरिदमा ग्राहकले निःशुल्क एक्सेसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्योरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भि्सिङ्ग र एक वर्षको लागि सडक करको सुबिधा प्राप्त गर्नेछन्। डाट्सन गाडी खरिद गर्नेे ग्राहकले डाट्सन रेडि गो मोडलमा अधिकतम २ लाख ७८ हजार २ सय, डाट्सन गो मोडलमा अधिकतम ३ लाख ३५ हजार र डाट्सन गो प्लसमा अधिकतम ३ लाख ६६ हजार ८ सय रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नेछन्।
शोमा फोर्ड गाडीका ६ मोडल
नाडा अटो शोमा फोर्डले ६ मोडलका गाडीहरु बिक्रीमा राखेको छ। जसमा २६ लाख ९० हजार रुपैयाँ देखि १ करोड ७१ लाख रुपैयाँसम्मका गाडीहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।