काठमाडौं– सरकारले कृषकको उखु तत्काल खरिद गर्ने बाध्यकारी कानुनको व्यवस्था गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकलाई राहत दिन सरकारले उखु तत्काल खरिद हुने गरी बाध्यकारी कानुनको व्यवस्था गर्ने बताएका हुन्।
उनले शुक्रबार साँझ आफ्नै सरकारी निवास बालुवाटारमा उखु कृषकहरुसँगको भेटमा किसानहरुलाई मारमा पर्न नदिन तत्कालका लागि उखु आयातमा प्रतिबन्ध लगाउने आश्वासन पनि दिए। नेपालमा उखु भएसम्म बाहिरबाट आयात गर्न नपाउने व्यवस्था पनि सरकारले गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले सरकारले उखु किसानहरुलाई अनुदानसहितको व्यवस्था गर्दै आएको पनि स्मरण गराए। उनले अन्तर्राष्ट्रिय बजारमा उखुको मूल्य घटेकाले नेपालमा पनि त्यसको प्रभाव पर्न गएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।