काठमाडौं– कलाकार प्रमोद अग्रहरि अहिलेका ‘हटकेक’ सेलिब्रिटीका रुपमा चिनिन थालेका छन्। फिल्म ‘गुड बाई काठमाडौं’बाट नेपाली रजतपट यात्रा प्रारम्भ गरेका अग्रहरिको पछिल्लो समय व्यस्तता बढ्दो छ।
सन् २०१३ मा प्रदर्शनमा आएको प्रमोदको दोस्रो फिल्म ‘उमा’ले उनलाई नेपाली फिल्म जगतमा एउटा राम्रो सम्भावना बोकेको कलाकारका रुपमा चिनायो। यसैबाट उत्साहित बनेर प्रमोदले हालसम्म दर्जन बढी फिल्ममा अभिनय गरि सकेका छन्। उमा, ताण्डव, चंखे शंखे पंखे, फागु, छक्का पञ्जालगायतका फिल्महरुमा उनको अभिनय देख्न सकिन्छ। अहिले उनीद्वारा अभिनित फिल्म ‘कथा काठमाडौं’ रिलिजको संघारमा छ।
अभिनेत्री प्रियंका कार्कीसँग फिल्म ‘कथा काठमाडौं’मा अभिनयका हिसाबमा ठूलो चुनौतीको सामना गरेको प्रमोद स्वीकार्छन्। उनीहरु बीच देखाइएको अन्तरंग दृष्यहरु र नेपाली समाजको दृष्टिकोण एकापसमा विरोधाभाषपूर्ण प्रतित हुन्छ। फिल्मको गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको अवस्थामा यो जोडीले दर्शकहरुको बढी गाली र कम ताली हात पारेका छन्। तर पनि यसप्रति प्रमोदको कुनै गुनासो छैन। फिल्ममा प्रस्तत दृष्यहरु विशेष गरेर समाज परिवर्तनको आधार हुन सक्छन् भन्ने उनको बुझाइ छ।
राजधानी बाहिर बसेका हरेक नेपालीको सपनाको सहर हो काठमाडौं। तर सपनाको सहरमा हुने कैयौं पिडादायी र हिंस्रक दृष्यहरु गोप्य राखिन्छन्। ‘हरेक प्रकारका विकृतिहरु आन्तरिक रुपमा दबाएर यहाँ कृत्रिम सुखमा रमाएको देखाइन्छ। हो यसैका विरुद्धमा यति हदसम्मको अभिनय गरेको हुँ।’, प्रमोद भन्छन्।
आफ्ना हरेक फिल्ममा नयाँपन दिन रुचि देखाउने प्रमोद अझै पनि समाज परिवर्तनका कथामा ‘कथा काठमाडौं’को भन्दा कामुक अभिनय गर्न पनि तयार रहेको बताउँछन्। फिल्म ‘कथा काठमाडौं’ले आफ्नो परिचय नयाँ अवतारमा दिलाएको स्वयम् अग्रहरि पनि स्वीकार्छन्। भन्छन्,‘तर, फिल्मको गीत र ट्रेलरमा जुन किसिमको दृश्य देखाइएको छ र दर्शकले ज्यादा नकारात्मक प्रतिक्रिया जनाइरहेका छन्। त्यो कुनै काल्पनिक र रोमान्टिक दृष्य नभएर हिंसाग्रस्त महिलाको कथा हो, शहर भित्रको हिंसात्मक प्रतिविम्ब मात्रै हो।’
नयाँ फिल्म र अभिनय यात्रासँग जोडिएर उनै कलाकार अग्रहरिसँग नेपाल लाइभका मनोज न्यौपानेले गरेको कला संवादः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।