काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २७ वटा वाणिज्य बैंकमध्ये १० वाणिज्य बैंकले आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्सिङ रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) विवरण प्रकाशन गर्न वाणिज्य बैंकलाई अनिवार्य निर्देशन दिएसँगै ९ वाणिज्य बैंकले एनएफआरएस प्रणालीमा विवरण सार्वजनिक गरेका छन्। यद्यपि नेपाल बैंकले पुरानै ढाँचामा विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने केही बैंकको खुद मुनाफा घटेको छ।
असार मसान्तसम्मको वित्तीय विवरण अनुसार १० वाणिज्य बैंकमा बैंकको अवस्था कस्तो छ, हेरौं।
चुक्ता पुँजीको आधारमा इन्भेष्टमेन्ट बैंक अगाडि
असार मसान्तसम्ममा १० वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुँजीको आधारमा अगाडि रहेको छ। बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड रुपैयाँ रहेको छ। अन्य ९ बैंकको चुक्ता पुँजी ८ अर्ब माथि रहेको छ।
कुन बैंकको चुक्ता पुँजी कति?
एनआइसी एसिया बैंकको ब्याज आम्दानी सर्वाधिक बढ्यो
आर्थिक वर्ष २०७४/०७५ मा १० वाणिज्य बैंकमध्ये एनआइसी एसिया बैंकले ब्याज आम्दानी सर्वाधिक बढाएको छ। बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले बढेको हो। त्यस्तै सबैभन्दा बढी खुद ब्याज आम्दानी नेपाल बैंकले गरेको छ।
कुन बैंकको खुद ब्याज आम्दानी कति बढ्यो?
माछापुच्छ्रे बैंक बाहेक अन्यको मुनाफा बढ्यो
असार मसान्तसम्म १० मध्ये माछापुच्छ्रे बैंक बाहेक अन्य वाणिज्य बैंकको खुद मुनाफा बढेको छ। माछापुच्छ्रे बैंकको नाफा ७ दशमलब ०४ प्रतिशतले घटेको छ भने एनआइसी एसिया बैंकको नाफा सर्वाधिक बढेको छ। बैंकको नाफा ५७ प्रतिशतले बढेको छ।
कुन बैंकको नाफा कति बढ्यो?
दुई बैंक बाहेक अन्यको प्रतिसेयर आम्दानी घट्यो
असार मसान्तसम्ममा वित्तीय विवरण सार्वजनिक गर्ने १० वाणिज्य बैंक मध्ये नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्सियल बैंक बाहेक अन्य बैंकको प्रतिसेयर आम्दानी घटेको छ। सबैभन्दा धेरै प्रतिसेयर आम्दानी घटाउनेमा एभरेष्ट बैंक रहेको छ। बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा घटेको छ।
कुन बैंकको प्रतिसेयर आम्दानी कति?
नेपाल इन्भेष्टमेन्ट बैंक बाहेक अन्यको निष्क्रिय कर्जा घट्यो
निष्क्रिय कर्जा घटाउनु बैंक तथा वित्तीय संस्थाको लागि राम्रो मानिन्छ। असार मसान्तसम्ममा १० वाणिज्य बैंकहरु मध्ये नेपाल इन्भेष्टमेन्ट बैंक बाहेक अन्य सबै बैंकको निष्क्रिय कर्जा घटेको छ। सबै भन्दा थोरै निष्क्रिय कर्जा एनआइसी एसिया बैंकको रहेको छ। बैंकको निष्क्रिय कर्जा ०.०६ प्रतिशत रहेको छ।
कुन बैंकको निष्कृर्य कर्जा कति?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।