• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १५, २०८३ Fri, Jul 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

मुलुकी ऐनदेखि मुलुकी संहितासम्मको १ सय ६५ वर्षे यात्रा (शृंखला १)

64x64
नेपाल लाइभ आइतबार, साउन २७, २०७५  १३:०२
1140x725

काठमाडौं– जंगबहादुर राणाले १ सय ६५ वर्षअघि जहानियाँ राणा शासन मात्र सुरु गरेनन्, मुलुकमा लिखित कानुन निर्माण गरी त्यसका आधारमा शासन गर्ने पद्धतिसमेत बसाए। युरोप भ्रमणमा जाँदा ‘नेपोलियन कोड १८०४’ बाट प्रभावित भएका उनले नेपाल फर्केलगत्तै वि.स. १९१० मा प्रचलित धर्म–परम्परा, सनद–सवाल, प्रथा आदिमा आधारित मुलुकको पहिलो संहिताबद्ध कानुन जारी गरेका थिए। जसलाई ‘मुलुकी ऐन’ भनियो। 

उक्त मुलुकी ऐन समय–समयमा संशोधन हुँदै आयो। यसपटक भने सरकारले डेढ शताब्दी पुरानो उक्त ऐनलाई विस्थापन गर्दै मुलुकी संहिताको नाममा नयाँ ऐन ल्याएको छ। पुरानो मुलुकी ऐन विस्थापित गरी समयानुकूल कानुन निर्माण गर्न सरकारले व्यवस्थापिका संसदमा दर्ता गराएका पाँच विधेयक पारित भई कानुनी स्वरुप पाइसकेका छन्।

अघिल्लो वर्ष नै ऐनको रुपमा आए पनि यो औपचारिक रुपमा आउँदो भदौ १ गतेदेखि कार्यान्वयनमा आउँदै छ।

संसदले मुलुकी ऐनलाई पाँच वटा संहितामा रुपान्तरण गर्दै नयाँ बदलिएको प्रविधि र विकासक्रम समेटेर ती अपराधमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउने गरी संसदले कानुन निर्माण गरेको छ। मुलुकी संहिताका ५ वटा स्वरुप छन्। फौजदारीतर्पm मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन छन्। देवानीतर्फ मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि संहिता छन्।

एउटै मुलुकी ऐनबाट विस्थापित भई बनेका यी सबै ऐन संसदबाट पारित भई लागु हुने चरणमा छन्। यो संहिता लागू भएपछि नयाँ कानुनी युग प्रारम्भ हुने विश्वास गरिएको छ। 
संहिताको इतिहास 

भारतमा शासन गरिरहेको ब्रिटिश साम्राज्यले सन् १८६० मा ‘भारतीय अपराध संहिता’ बनाएको थियो। नेपालमा मुलुकी ऐन बन्दा भूटान, पाकिस्तान, बंगलादेश जस्ता छिमेकी देशहरुमा लिखित कानुन अस्तित्वमै रहेका थिएनन्। फौजदारी कानुन सुधार तथा परिमार्जन कार्यदलका संयोजक रहेका सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ विश्वका धेरै देशमा कानून बन्नुअघि नै नेपालमा लागू भएको मुलुकी ऐन त्यो युगमा निकै क्रान्तिकारी भएको स्मरण गर्छन्। ‘तत्कालीन समयमा भएको यो कदमलाई क्रान्तिकारी नै मान्न पर्छ’, श्रेष्ठले भने, ‘राम्रोसँग विकास नभएको तत्कालीन समयमा भविष्यको चेत भई  लिखित कानुन विकास गर्नु चानचुने कुरा होइन।’

श्रेष्ठका अनुसार, बदलिँदो समय र समाजको आवश्यकतासँगै मुलुकी ऐन संशोधन हुँदै आएको थियो। यसमा व्यापक संशोधन भने २०२० सालमा गरेर छुवाछुत प्रथा, मुड्ने, खोप्ने, डाम्ने, जात पतित गर्ने, अभक्ष खुवाउने, जनै झिकिदिने, टाङमुनि छिराउने, पैताला चटाउने, पतिया गराउने, तीर्थ घुम्नुपर्ने, देश निकाला गर्ने लगायतका अमानवीय सजाय हटाइको थियो। 

यो ऐतिहासिक कानुनको बिदाइबाट मुलुक आधुनिक कानुन निर्माणको नयाँ चरणमा प्रवेश गर्ने फौजदारी कानुनका ज्ञाताहरुको तर्क छ।

nimb
nimb
Ncell 2
Ncell 2

६० वर्षको प्रयास
युरोप भ्रमणमा जाँदा ‘नेपोलियन कोड १८०४’ बाट प्रभावित भएका श्री ३ जंगबहादुर राणा नेपाल फर्केलगत्तै त्यस्तै संहिताबद्ध कानुन बनाउन जुटेका थिए। त्यसरी वि.स. १९१० मा त्यो बेला प्रचलित धर्म–परम्परा, सनद–सवाल, प्रथा आदिमा आधारित मुलुकको पहिलो संहितावद्ध कानुन मुलुकी ऐन जारी भएको थियो।

त्यसपछि एकै पटक २०१० सालमा अन्तर्राष्ट्रिय प्रचलन अनुकूलको अपराध संहिता बनाउन पहिलो पटक कानुन आयोग बन्यो। त्यो आयोगले ल्याएको ‘नेपाल दण्ड विधान २०१२’ ऐन बन्न पाएन। त्यस्तै, २०२० सालमा संशोधित मुलुकी ऐनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन एवं छुट्टाछुट्टै फौजदारी कानुनलाई एकीकृत गरी फौजदारी कानुनका सैद्धान्तिक र व्यवहारिक पक्षलाई चुस्त बनाउने उद्देश्यले २०२८ सालमा गठन भएको कानुन आयोगले पनि २०३० मा अपराध संहिताको मस्यौदा ल्यायो। तर त्यसलाई नेपाली कानुनी इतिहासको दुग्र्भाग्य मान्नु पर्छ, ऐनको रूपमा आउन पाएन।

विज्ञान र प्रविधिको विकाससँगै अपराधमा पनि प्रविधि प्रयोग हुन थाल्यो र संगठित अपराधले प्रवेश पायो। यसपछि परिवर्तित सन्दर्भ अनुकूलको फौजदारी संहिता बनाउन तत्कालीन समय अनुसार विभिन्न प्रयासहरु भए। त्यही प्रयास अन्र्तगत नै २०५८ सालमा  महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीको संयोजकत्वमा गठन भएको कार्यदलले एउटा मस्यौदा निर्माण ग¥यो। तर महान्यायाधिवक्ता कार्कीको नेतृत्वमा तयार पारिएको ‘अपराध संहिता तथा फौजदारी कार्यविधि संहिताको मस्यौदा २०५८’ ले पनि संसदमा छलफल भएर कानुनको रुप लिन पाएन। छलफलकै चरणमा तत्कालीन  प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरेपछि त्यो ऐन बन्न पाएन।

यसपछि २०६२/०६३ को जनआन्दोलन र अन्तरिम संविधानको भावना, द्वन्द्वको जटिलताबाट सिर्जित आपराधिक मनोविज्ञान र झाँगिदो संगठित अपराध नियन्त्रण गर्ने व्यवस्थासहितको नयाँ संहिताको आवश्यकता भयो। यस्ता कानुनी आवश्यकतालाई सम्बोधन गर्न सरकारले २०६५ साल मंसिर १८ गते नयाँ कार्यदल गठन गर्‍यो। तत्कालीन समयमा सर्वोच्चका न्यायाधीश रहेका कल्याण श्रेष्ठ संयोजकत्वको फौजदारी कानुन सुधार तथा परिमार्जन कार्यदलमा सर्वोच्चकै न्यायाधीशहरु र अन्य विज्ञ कानुन व्यवसायीहरु रहेका थिए।

सरकारले  अर्का पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी संयोजक रहेको देवानी कानुन सुधार तथा परिमार्जन कार्यदल समेत गठन गर्‍यो। देवानी र फौजदारी कानुनमा विज्ञता हासिल गरेका दुई न्यायाधीशको नेतृत्वको कार्यदलले २०६७ सालमा मस्यौदा बुझाएका थिए। त्यही मस्यौदामाथि सरोकारवाला सबै पक्षसँग लगातार छलफल भई अघिल्लो संसदले पारित गरेको हो।

२०७४ भदौमा संसदबाट बहुमतले पारित भएको यो ऐनमा ६० प्रतिशत मुलुकी ऐनका व्यवस्था नै छन् भने २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजिर र बाँकी २० प्रतिशत अन्तर्राष्ट्रिय अभ्यास समेत हेरेर निर्माण गरिएको छ। तत्कालीन समयमा देवानी संहिताको उपसमिति संयोजक समेत रहेका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारी प्रस्तावित संहिता मुलुकी ऐन, अदालतबाट प्रतिपादित नजिर र अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा भएकाले अहिलेको परिर्वतनलाई सम्बोधन गर्ने बताउँछन्।  

मुलुकी संहिता दोस्रो भाग भन्न सकिन्छ ? 
मुलुकी ऐनलाई विस्थापन गर्दै निर्माण भएका पाँच वटा संहिताले नेपालको न्याय र कानुन प्रणालीमा नयाँ व्यवस्था कायम गर्ने छ।  सजाय र अपराध फरकफरक समयमा ठहर गर्नेदेखि नागरिकको नयाँ परिभाषा गर्ने सम्मको कानुनी व्यवस्था संहितामा गरिएको छ। सट्टेबाजी गर्नेदेखि कैदको सट्टा सामुदायिक सेवा गर्नेसम्मका व्यवस्था संहिताले गरेको छ। मुलुकी संहिताका विशेषताहरु के के छन्।

क्रमशः
(अर्को शृंखलामा मुलुकी ऐनका मुख्यमुख्य विशेषताहरु प्रकाशित हुने छ।)

प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको अपिल : सरकार संवेदनशील छ, निष्पक्ष छानबिन हुन्छ, संयमित रहन आग्रह
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार
विराटनगर पुगे गृहमन्त्री, घटनास्थल र पीडित परिवार भेट्ने
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित... मंगलबार, असार ३०, २०८३
विष्णु पौडेलको चौथो पटक म्याद थपियो आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । बुधबार, असार २४, २०८३
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] यस्तै उक्त मुद्दामा ७ जनाले सफाइ पाएका छन् । रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीको अपिल : सरकार संवेदनशील छ, निष्पक्ष छानबिन हुन्छ, संयमित रहन आग्रह बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
विराटनगर पुगे गृहमन्त्री, घटनास्थल र पीडित परिवार भेट्ने बिहीबार, साउन १४, २०८३
सद्भाव कायम राख्न मधेशवादी नेताको सामूहिक अपिल, प्रधानमन्त्रीको मौनता र गृहमन्त्रीको गतिविधि शंकास्पद बिहीबार, साउन १४, २०८३
गोलबजार घटनाको छानबिन गर्न एसपी भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्