काठमाडौं– नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका केन्द्रीय नेताहरु पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनीसहितका सो पार्टीका नेताहरुलाई पक्राउ गरेको हो।
बिष्फोट तथा चन्दा असुली मुद्दामा प्रकाण्ड फरार रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी पूर्व मन्त्री समेत हुन्। प्रकाण्डसहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ लाई चाल्नाखेलबाट पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए। उनीहरुविरुद्ध चन्दा असुली लगायतका मुद्दा चल्ने उनले बताए।
सोही पार्टीका केन्द्रीय सदस्य आजाद केसीलाई मंगलबार प्रहरीले भक्तपुरमा पक्राउ गरेको थियो।
सो पार्टीका नेता विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ। विप्लव फरार छन्।
सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।