काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले कर्मचारी सरुवा र खटनपटनका लागी मापदण्ड बनाउने भएको छ। मन्त्री वर्षमान पुनले मापदण्ड बनाएर मात्र सरुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
मन्त्रालयका सचिवहरु र मातहतका विभागका प्रमुखहरुलाई सरुवाको मापदण्ड बनाउन निर्देशन दिंएका हुन्। मापदण्ड बनाएपछि मात्र सरुवा गरिने मन्त्ती पुनको भनाई छ।
सरुवालाई वस्तुपरक र पूर्व अनुमान योग्य बनाउन मन्त्री पुनले निर्देशन दिएका छन्। ‘भनसुनले काम गर्ने भन्दा पनि सिस्टमले काम गर्ने खालको हुनुपर्छ,’ मन्त्री पुनको भनाई छ,‘त्यसो गर्दा अनुचित लाभ र दबावले पनि काम गर्दैन।’
मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काका अनुसार मापदण्ड बनाएर हुने सरुवाले कर्मचारीलाई पनि उत्प्रेरित गराउने र सबै कर्मचारीको वृद्धि विकासमा समेत सहयोग पु¥याउने भएकाले कर्मचारी सरुवामा सिष्टम बनाउन लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।