जनकपुरधाम- प्रदेश नम्बर २ मा सोमबार ३ वटा विधेयक प्रमाणीकरण गरिएको छ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विधेयकहरु प्रमाणीकरण गरेका हुन्।
प्रमुख कायस्थले आर्थिक विधेयक २०७५, प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक २०७५ र प्रदेश नम्बर २ को स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई प्रमाणीकरण गरेका हुन्।
अहिलेसम्म प्रदेशमा ९ वटा विधेयक प्रमाणीकरण भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।