काठमाडौं-गएराति बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । धनगढीबाट बैतडी, तल्लादेहीतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ज ३८५ नम्बरको बोलेरो जिप बुधवार विहान २ः३० बजे बैतडीको सुर्नया गाउँपालिका–३, सिदुनस्थित सतबाँज गोकुलेश्वर सडक खण्डमा दुर्घटनामा परेको हो ।
जिप सडकबाट ६५ मिटर तल खसेको छ । दुर्घटनामा घाइतेमध्ये चार अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ ।
दुर्घटनामा पुचौंडी ९ का २७ वर्षीय दीपक पार्की, उनका छोरा वर्ष ८ का प्रदीप पार्की, वर्ष ४१ का धनजित पार्की, वर्ष १५ की रेखा पार्की, वर्ष २२ की कृष्णा पार्की, डिलासैनी गापा–४, तडिवडा बस्ने वर्ष ३३ का करवीर सार्की, वर्ष ७४ की मनोरी सार्की घाइते भएका छन् ।
गम्भीर घाइते ४ जनालाई धनगढी रेफर गरिएको छ । दुर्घटनापछि फरार रहेका जिप चालक पुर्चौडी नगरपालिका– ९ तल्लादेही बस्ने २३ वर्षीय सुरेन्द्र पुजाराको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।