काठमाडौं- अब बैंकहरूले भारतीय रुपैयाँमा समेत ऋण लिन पाउने भएका छन्।
आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को मौद्रिक नीतिमार्फत सरकारले बैंक तथा वित्तीय संस्थाले भारतीय मुद्रामा आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो।
लगानीको स्रोत जुटाउन राष्ट्र बैंकले गत २० चैतमा वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवर्त्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो। उक्त व्यवस्थाको दायरा विस्तार गर्दै मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले भारुमा समेत बाह्य ऋण ल्याउन पाउने व्यवस्था गरेको हो।
यसैगरी लघुवित्त वित्तीय संस्थाहरुलाई समेत आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।