काठमाडौं– राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरुको पदावधि शुक्रबारबाट सकिँदैछ। २०७४ सालमा गठन भएको राष्ट्रिय सभाका सदस्यहरुमध्ये चार वर्ष पदावधि कायम भएकाहरुको पदावधि सकिन लागेको हो। राष्ट्रिय सभाका सदस्यहरुको पदावधि २०७४ फागुन २१ देखि सुरु भएको हो।
निर्वाचित भएका १९ र राष्ट्रपतिले मनोनित गरेका एक जनाको पदावधि सकिन लागेको हो। पदावधि सकिनेहरुको सूचीमा रामनारायण बिडारी, राधेश्याम अधिकारी, कोमल वली लगायतका सांसद्हरु छन्। उपाध्यक्ष शशिकला दाहाल पनि पदावधि सकिँदैछ।
निर्वाचित भएका १९ जनाको स्थान पूर्तिको लागि गत माघ १२ मै निर्वाचन सम्पन्न भइसकेको छ। उनीहरुको सपथ कार्यक्रम शनिबारका लागि तोकिएको छ। राष्ट्रपतिबाट मनोनित एक जना बिडारीको स्थानमा भने मनोनित हुन बाँकी छ।
क-कसको पदावधि सकियो?
नैनकला ओझा- एमाले
अगमप्रसाद राई- एमाले
परशुराम मेघी गुरुङ- एमाले
शशिकला दाहाल- माओवादी केन्द्र
सुमनराज प्याकुरेल- एमाले
उदया शर्मा पौडेल- नेकपा एकीकृत समाजवादी
राधेश्याम अधिकारी- कांग्रेस
शान्तिकुमारी अधिकारी जिसी- नेकपा एकीकृत समाजवादी
खिमकुमार विक- माओवादी केन्द्र
दीनानाथ शर्मा- माओवादी केन्द्र
कोमल वली- एमाले
रामलखन चमार - एमाले
दृगनारायण पाण्डे- कांग्रेस
कविता बोगटी- एमाले
जीवन बुढा- माओवादी केन्द्र
ठगेन्द्रप्रकाश पुरी- नेकपा एकीकृत समाजवादी
तारादेवी भट्ट- कांग्रेस
चक्रप्रसाद स्नेही - एमाले
शेरबहादुर कुँवर- नेकपा एकीकृत समाजवादी
को-को आउँदैछन्?
जयन्ती देवी राई- नेकपा एकीकृत समाजवादी
सोनाम गेल्जेन शेर्पा- नेकपा एमाले
गोपालकुमार बस्नेत- नेपाली कांग्रेस
उर्मिला अर्याल- नेकपा माओवादी केन्द्र
महमद खालिद- जसपा, नेपाल
गोमादेवी तिमिल्सिना- नेकपा एकीकृत समाजवादी
कृष्णप्रसाद पौडेल- नेपाली कांग्रेस
कमला पन्त- नेपाली कांग्रेस
भुवन बहादुर सुनार- नेकपा माओवादी केन्द्र
सुरेश आलेमगर- नेकपा माओवादी केन्द्र
राजेन्द्र लक्ष्मी गैरे- नेकपा एकीकृत समाजवादी
तुलप्रसाद विश्वकर्मा- राजमो
युवराज शर्मा- नेपाली कांग्रेस
दुर्गा गुरुङ- नेपाली कांग्रेस
नरबहादुर विष्ट- नेकपा माओवादी केन्द्र
उदयबहादुर बोहोरा- नेकपा एकीकृत समाजवादी
मदनकुमारी शाह (गरिमा)- नेकपा एकीकृत समाजवादी
जगतबहादुर पार्की- नेकपा माओवादी केन्द्र
नारायणदत्त मिश्र- नेपाली कांग्रेस
यसरी पदावधि सकिनेमा तीनै दलका नेता र राष्ट्रिय सभाका संसदीय समितिका तीन सभापति समेत रहेका छन्।
राष्ट्रिय सभामा नवनिर्वाचित १९ सांसदको शपथ ग्रहण भने भोलि (शनिवार) हुने संसद सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।