स्याङ्जामा महिलाको हत्या गरी फरार भएका अभियुक्त पक्राउ

Nepal Live

नवलपरासी- स्याङ्जामा एक महिलालाई हत्या गरी फरार रहेका एकजनालाई शुक्रबार पूर्वी नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ। 

गत जेठ २६ मा एक महिलाको हत्या गरी फरार रहेका स्याङ्जा पुतलीबजार नपा - २ चिरुवा बस्ने ४६ वर्षीय राजु भन्ने टेकबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो। 

स्याङ्जा पुतलीबजार नपा - २ चिरुवा बस्ने ५५ वर्षीया माइली भन्ने दिलमाया विकलाई हत्या गरी फरार भई यस क्षेत्रमा लुकीछिपी बसिरहेको विशेष सुराकीका आधारमा विकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार