• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन २६, २०८२ Tue, Mar 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लेन्सबाट उतारिएको लिच्छविकालीन एउटा सहरको कथा

64x64
नेपाल लाइभ शनिबार, मंसिर २५, २०७८  ०७:१५
1140x725

भक्तपुर– शरीरका कुनै अंगमा सानो घाउ लागे पनि दुख्ने र रगत बग्ने हुन्छ। के कसैले आफ्नो जिब्रो नै छेड्ने कल्पना गर्न सक्छ?

भक्तपुरको मध्यपुर थिमिमा यस्तै जात्रा हुन्छ। हरेक वर्ष वैशाख २ गते जिब्रो छेड्ने जात्रा मनाइन्छ। जिब्रो छेडिसकेपछि ती व्यक्तिले बाँस एवं निगालोले बनको अर्ध चन्द्राकार महाद्वीप बोकेर बोडे परिक्रममा गराइने चलन छ।

जिब्रो कसरी छेड्ने र जात्रा कसरी गर्ने? भरतबन्धु थापाको तस्बिरहरूको पुस्तक ‘गन्तव्य मध्यपुर थिमि’बाट यो जानकारी पाउन सकिन्छ।

जिब्रो छेड्ने जात्रा।

दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइदै आएको बोडेको सिङ्गो एतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग जोडिएको छ। किम्वदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे। यो थाहा पाई भीमदत्त बोडेमा आएर तान्त्रिक विधिअनुसार बोडेभरि पासो राखेर दु:ख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको मानिन्छ।

मध्यपुर थिमि वडा नं.७ नगदेशमा रहेको महादेवको मूर्ति। कालकुट विष सेवन गरेपछिको छटपटी मेटाउन यस कुण्डमा बसेको विश्वास छ।

यसरी भरतबन्धुले मध्यपुर थिमिलाई तस्बिरसँगै शब्दबाट पनि चिनाएका छन्। पुस्तकमा समेटिएका तस्बिरमा एक वाक्यदेखि पाँच अनुच्छेदसम्मका जानकारी राखिएको छ। जसले गर्दा तस्बिरका साथै संस्कृति र सम्पदाबारे अतिरिक्त जानकारी मिल्छ।

पुस्तकमा मध्यपुर थिमिका विभिन्न संस्कृति, सम्पदा र जनजीवनसँग सम्बन्धित तस्बिरहरू छन्। नेवारी समुदायका बाहुल्य रहेको यो नगरपालिकामा भएका सम्पदा र संस्कृतिले त्यसको स्पष्ट झल्को दिन्छ।

मध्यपुर थिमि नगरपालिका मुलुककै तेस्रो सानो नगरपालिका हो। तर, सांस्कृतिक सम्पदाले भने भरिपूर्ण छ। काठमाडौँ उपत्यकाका चार बालकुमारीमध्ये एक यहीँ छ। त्यस्तै चार बाराहीमध्ये एक नीलबाराही पनि यहीँ छ। यो नगरमा मनाइने सिन्ह जात्रा (सिन्दुरे जात्रा) पनि मौलिक र प्रख्यात जात्रा हो।

मध्यपुर थिमि वडा नं.८ बोडेमा रहेको कमल पोखरी। 

हराउँदै गएका संस्कृति र सम्पदालाई जोगाउन नगरपालिकाले विभिन्न अभियान गरेको छ। परम्परागत ‘लायकू भैलः’ ४५ वर्षपछि मनाउन थालिएको छ। त्यसैगरी महाकाली नाच २३ वर्षपछि, सलाचा प्याखँ १७ वर्षपछि र म्येखः प्याखँ नाच १३ वर्षपछि फेरि मनाउन सुरु गरिएको मेयर मदनसुन्दर श्रेष्ठले उल्लेख गरेका छन्।

Ncell 2
Ncell 2

यो नगरपालिकामा नेवार समुदायका श्रेष्ठ, प्रजापति, ज्यापु, मानन्धर, बज्राचार्य, शाक्य, खड्गी, कुस्ले, राजवाहक आदिको बसोबास छ। मध्यपुर थिमिमा लिच्छवि राजा जिष्णु गुप्तको अभिलेख भेटिएको छ। यसो अभिलेख विसं. ६७० तिरको हो। यसबाट पनि यो सहरको ऐतिहासिकता स्पष्ट हुन्छ। लिच्छविकालमा थिमिलाई ‘थेम्मृंग’ र बोडेलाई बोसिंगग्राम’ भनिन्थ्यो।

थिमिलाई मल्लकालमा ‘मध्यपुर’ भन्न थालिएको हो। नेपाल संवत् ५९० माघ शुक्ल पञ्चमी अर्थात् श्रपञ्चमीका दिन थिमिको बालकुमारी मन्दिर पुनःनिर्माणपछि यसलाई पञ्चमी मध्यपुर भन्न थालिएको हो। उता नगदेशलाई जयपुर र बोडेलाई धर्मपुर भन्न थालियो। साविक दिव्यश्वरी गाविसको क्षेत्र गठ्ठाघर, कौशलटार, लोकन्थली, सानोथिमि र मगरगाउँसहित बोडे र नगदेशलाई समेटेर २०५३ सालमा मध्यपुर थिमि नगरपालिका नामकरण गरिएको थियो।

सिन्दुरे जात्रा।

मध्यपुर थिमि नगरपालिकामा २१३ वटा मन्दिर, १३ चैत्य, १९२ पाटी सत्तल, २५ पोखरी, १५ ढोका, १४ डबली छन्। त्यसैगरी ११ वटा विहार, ७६ ढुंगेधारा, ७२ सार्वजनिक इनार र तीन वटा दरबार छन्। यी सबैका नमूना तस्बिरहरु फोटो पुस्तक ‘गन्तव्य मध्यपुर थिमि’मा हेर्न पाइन्छ।

बोडेको नीलबाराही गण नाँच, थिमिको भैलः नाच, नगदेशको महाकाली नाच प्रसिद्ध छन्। सबै जात्रा र नाचको तस्बिर र जानकारी पुस्तकमा समेटिएको छ।

मध्यवपुर थिमि–६ मा जीर्ण रहेको जेतवर्ण विहार हालै मात्र पुनःनिर्माण गरिएको छ। यस विहारमा नेपाल संवत् ८३२ मा राजा भूपतिन्द्र मल्लको पालामा दानपति कल्याण सिंसहितको परिवारले धर्मचित्त उत्पत्ति भई विहार स्थापना गरेको उल्लेख भएको पाइन्छ।

मध्यपुर थिमिबासीको परम्परागत पेशा माटाका भाँडाकुँडा बनाउने, मुकुण्डो बनाउने, तेल उत्पादन गर्ने, चिउरा कुट्ने, कपडा बुन्ने र खेती किसानी हो। नगदेश क्षेत्र हरियो सागसब्जीका लागि प्रसिद्ध छ। जातीय हिसाबले माटाका भाँडा प्रजापति, हरियो सागसब्जी उत्पादन ज्यापु, तेल पेल्ने मानन्धर, मुकुण्डो लेखन चित्रकारहरूको परम्परागत पेशा हो। भरतबन्धुको पुस्तकमा यी जनजीवनलाई पनि समेटिएको छ।

यो फोटो पुस्तकबाट मध्यपुर थिमि नगरपालिका भौतिक र अभौतिक सम्पदाको धनी रहेको जानकारी मिलेको शताब्दी पुरुष सत्यमोहन जोशीले ‘शुभकामना मन्तव्य’मा उल्लेख गरेका छन्। नगरपालिकाले गरिरहेको सम्पदा संरक्षणको प्रयासबाट मध्यपुर थिमि विश्व सम्पदा सूचीमा पर्नसक्ने भन्दै उनले शुभकामना पनि दिएका छन्।

पुस्तक मध्यपुर थिमि नगरपालिकाले प्रकाशन गरेको हो।

प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
सुनचाँदीको मूल्य बढ्यो
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी मंगलबार, फागुन २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, फागुन २६, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्