विराटनगर– मोरङको निमुवाबाट शनिबार लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको दमक नगरपालिका–८ का प्रदीप भारतीलाई २ सय वटा नाइट्रोसन ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय निमुवाले पक्राउ गरेको हो।
भारतीलाई बुढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सवारी चेकिङका क्रममा उनको साथबाट लागुऔषध बरामद भएपछि नियन्त्रणमा लिई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।