काठमाडौं– सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सरकार गठन भएको ९८ औं दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेको हो। २२ सदस्यीय मन्त्रिपरिषद्मा १८ मन्त्रीहरुको मात्रै सम्पत्ति विवरण सार्वजनिक गरिएको छ।
सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार खानेपानी मन्त्री बिना मगरसँग ५ तोला सुन भएको पाइएको छ। उनले पेस गरेको सम्पत्ति विवरणअनुसार सो सुनको प्राप्तिको स्रोत पैतृक उल्लेख गरिएको छ। त्यस्तै उनीसँग १६ तोला चाँदी पनि छ। चाँदीको पनि स्रोत पनि पैतृक नै उल्लेख गरिएको छ।
त्यस्तै चितवनमा स्वर्गीय पति प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जमिनसमेत मन्त्री मगरको सम्पत्ति विवरणमा उल्लेख छ। सो जग्गाको प्राप्तिको स्रोतमा मावली हजुरआमाबाट प्राप्त भएको उल्लेख छ। दाहालकै नामको स्कुटर पनि मन्त्री मगरको सम्पत्ति विवरणमा राखिएको छ।
त्यस्तै सासू सीता दाहालको १ कट्टा जमिन पनि सम्पत्ति विवरणमा समेटिएको छ। त्यसको स्रोत भने पैतृक/सगोल उल्लेख गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।