काठमाडौं– काठमाडौंबाट पक्राउ परेका सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई एक्लै थुनछेक गर्ने वा अन्य आरोपितसँगै गर्ने बारेमा बयानपछि मात्र निर्णय गर्नेबारे मोरङ जिल्ला अदालतले तयारी थालेको छ।
अदालतमा पेश भएपछि एक दिन बयानमा समय लाग्ने भएकाले त्यसपछि मात्र निर्णय हुने जिल्ला अदालतले जनाएको छ।
हाल सुनुवाइ चलिरहेका अभियुक्तहरुसँगै थुनछेक गर्ने वा गोरेको एक्लै गर्ने भन्नेमा अदालत दुवै विकल्पमा खुल्ला रहेको तर बयानपछि मात्र तय हुने जिल्ला अदालतले जनाएको छ।
गोरेको मुद्दा बहसमा समय लाग्ने र अन्य अभियुक्तको हकमा आज बहस समाप्त भएमा एक्लै थुनछेक बहस हुने अदालतले जनाएको छ।
मंगलबार सरकारी वकिलको बहस बाँकी रहेमा सँगै बयान गर्ने तयारी पनि अदालतको छ। जिल्ला न्यायाधीश नारायाणप्रसाद शर्माको इजलासमा अन्य ३० प्रतिवादीहरुको बयानपछि सुनुवाइ चलिरहेको छ।
सनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती गोरेलाई आज प्रहरीले सार्वजनिक गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।