सुर्खेत– सुर्खेतमा मृत भेटिएकी युवतीको प्रहरीबाटै हत्या भएको खुलेको छ। सुर्खेतमा कार्यरत प्रहरी जवान हरि कोइराला हत्या आरोपमा पक्राउ परेका छन्।
मृत युवती गोरीकला रोकाय एसइईमा सामेल परीक्षार्थी हुन्। उनको सोमबार मृत्यु भएको थियो। प्रहरी जवान कोइरालासँगै खाजा खाएर फर्कने क्रममा उनी मोटरसाइकलबाट झरेकी थिइन्। गम्भीर घाइते भएकी उनलाई अस्पताल लैजानुको सट्टा कोइरालाले कोठामा सुताएर भागेका थिए।
स्थानीय लक्ष्मीप्रसाद बाँस्तोलाले प्रहरी जवान कोइरालालाई युवतीसँग चिनजान गराइदिएका थिए। कोइरालाले 'युवती चाहिएको' बताएपछि आफूले भेटाइदिएको बाँस्तोलाले बयान दिएका छन्। सोही दिन तीन जना जंगलमा बसेर मदिरा र खाजासमेत खाएको खुलेको छ।
घटनामा जोडिएका बाँस्तोला पनि पक्राउ परेका छन्। प्रारम्भिक अनुसन्धानमा दुर्घटना जस्तो देखिएको र अनुसन्धानपछि मात्रै थप रहस्य खुल्ने सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।