काठमाडौं– तिलगंगास्थित न्यू सिरहाली गेष्ट हाउसकी एक युवतीलाई बलात्कार गरेर फरार भएका युवक ८ महिनापछि पक्राउ परेका छन्। धनुषाको धनौजी घर भएका २१ वर्षिय सुधिर कुमार कापरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
उनले गत साउन ११ गते तिलगंगास्थित गेष्ट हाउसमा कार्यरत युवतीलाई बलात्कार गरेका थिए। बलात्कारपछि युवतीले विषादी सेवन गरी आत्महत्या प्रयास गरेकी छिन्।
बैदेशिक रोजगारीमा जान काठमाडौंका आएका उनले बलात्कार गरेका थिए। ८ महिनापछि गाउँबाटै प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई अदालतमा उपस्थित गराई कारबाही अघि बढाइएको गौशला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।