पोखरा- पोखरा फाइनान्स लिमिटेड २१औं वर्षमा प्रवेश गरेको छ।
फाइनान्सले वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा ४१ जनाले रक्तदान गरेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए।
साथै, फाइनान्सले वार्षिक उत्सवको अवसरमा वित्तीय साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ। फाइनान्सले पोखराको बिरौटा क्षेत्र वरपर वित्तीय साक्षरता जगाउन यो प्रभातफेरी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।