काठमाडौं -अनुमती नै नलिई मेनपावर चलाएर ठगी गर्नेहरु पक्राउ परेका छन्। बुद्धनगरको एक कार्यालयमा छापा हानी प्रहरीेले ४ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा बाग्लुङ ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ घर भएका ३५ बर्षीय कृष्ण भन्ने टोपबहादुर महत, सुनसरी धरान नगरपालिका–१६ घर भई काठमाडौँ बसुन्धारा बस्ने २९ बर्षीय राजकुमार श्रेष्ठ, बाग्लुङ ढोरपाटन घर भई मनमैजु बस्ने १९ बर्षीय जित सत्याल र मोरङ सिजुवा घर भई ललितपुर बस्ने २६ बर्षीय रमेश काप्mले छन्।
उनीहरुले बालाजु स्थित एउटा घरको दोस्रो तलामा सरल बैदेशिक रोजगार परामर्श केन्द्र प्रा.लि नामक कार्यालयका संचालक महतले बिभिन्न व्यक्तिहरुलाई बैदेशिक रोजगारमा पठाई दिन्छु भनी गैरकानूनी रुपले बिभिन्न व्यक्तिहरुको राहदानी संकलन गर्ने , रकम र राहदानी संकलन गरे पश्चात बैदेशिक रोजगारमा नपठाई पीडितहरुलाई ठगी गरेको सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो।
अल्झाई राख्ने गरेको सूचना प्राप्त भएप्छि शुक्रबार महानगरीय अपराध महाशाखा तथा बैदेशिक रोजगार बिभाग बुद्धनगरबाट खटिएको टोलीले उनीहरुलाई राहदानी, बैदेशिक रोजगारसंग सम्बन्धीत बिभिन्न कागजातहरु सहित पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरुले बैदेशिक रोजगारमा जान ईच्छुक ब्यक्तिहरुलाई सम्पर्कमा ल्याई कुवेत, दुवई, कतार, साउदी अरब, लगाएतका देशहरुमा राम्रो रोजगारीको अबसर छ भनी प्रलोभनमा पारी राहदानी र प्रतिव्यक्ति १ लाख देखी २ लाख रकम लिने गरेको तथा पीडितहरुलाई लामो समय सम्म बिदेश नपठाई आलटाल गर्ने, कसैलाई अन्य मेनपावर कम्पनीसंग सम्पर्क गरी बैदेशिक रोजगारमा पठाउछु भनी अल्झाई राख्ने गरेको खुल्न आएको महाशाखाले जनाएको छ।
प्रहरीले उनीहरुबाट नेपाली राहदानी १ सय ३२ थान, ल्यापटप १ थान, बैदेशिक रोजगारसंग सम्बन्धीत विभिन्न कागजातहरु, विभिन्न बैंकको चेकहरु, विभिन्न व्यक्तिहरुको नाममा रहेको भिषाको प्रतिलिपीहरु समेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।