ad

कपाल सीधा पार्ने विद्युतीय आइरनमा सुन तस्करी, एक सय ४५ तोला सुनसहित ६ जना पक्राउ

SHARES
Nepal Live

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १ सय ४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ। 

दुबईबाट ब्यूटी पार्लरमा कपाल सीधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा लुकाएर ल्याएको अवस्थामा ब्यूरोको टोलीले सोमबार राति सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा बाग्लुङका शशीकला भण्डारी गुरुङ, भक्तपुरका सरोज केसी, झापाका होमबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकका जीवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारतका योगेश मगर छन्। 

शशिकला भण्डारीको श्रीमानले दुबईबाट सुन पठाइदिने र नेपालमा भण्डारी तथा सरोज केसीले कोटेश्वरमा रहेको बज्राचार्य गहना पसल र शाक्य गहना पसलमा बिक्री–वितरण गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ। 

बुढाथोकीले चलाएको बा१६च ३५१० नंको कालो कारबाट टोलीले सोमवार उक्त परिमाणको सुन बरामद गरेको हो। (रासस)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार