मलेखु, धादिङ- प्रहरीले गाँजा ओसारपसार गरिरहेका अवस्थामा बेनीघाट रोराङ गाउँपालिकाको जोगीमाराबाट मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।
बोरामा राखेर मोटरसाइकलमार्फत चितवनतर्फ लैजाँदै गरेका अवस्थामा १० किलो गाँजासहित दुई मोटरसाइकलका साथ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए।
धादिङको दक्षिणी क्षेत्रमा संकलित गाँजा लिएर चितवनतर्फ जाँदै गरेका अवस्थामा पोखरा लेखनाथ महानगरपालिका–३ का सुनित शिल्पकार र सोही स्थानका पवनमणि लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुले गाँजा बोक्न प्रयोग गरेको ना ५४ प ६४५ नं को स्कुटर र ग ६ प ९४३१ नं को मोटरसाइकलसमेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।