काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) आफूलाई पदबाट हटाउन नेपालदेखि भारतसम्मका शक्ति लागिपरेको प्रधानमन्त्री ओलीको आरोप, अहिले आफू हटे नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने दाबी । ( प्रधानमन्त्रीबाट हटाउन लागेको ओलीको दाबी )
२) नेपालमा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो, हालसम्म ३ हजार १३ जना उपचारपछि निको । ( १२७७२ पुगे कोरोना संक्रमित )
३) सलह नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुको आँकलन, सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाएर, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने । ( सलह एक महिनासम्म रहने अनुमान )
४) स्पेनिस ला लिगामा सेल्टा भिगोसँग बराबरीमै रोकियो बार्सिलोना, रियल मड्रिडलाई उपाधि जित्न फाइदा, बार्सिलोनाको ६९ अंक हुँदा एक खेल कम खेलेको रियल मड्रिडको ६८ अंक । ( रियल मड्रिलाई फाइदा )
५) र, हङकङ मुद्धालाई लिएर अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीमाथि भिसा प्रतिबन्ध लगाएपछि चीनको आपत्ति, राष्ट्रिय सुरक्षा कायम गर्न कडा कदम जारी राख्ने प्रतिक्रिया । ( अमेरिकाको भिसा प्रतिबन्धबारे चीनको आपत्ति )