केन्याको अम्केइ प्लाजास्थित रंगिला ग्रिल तथा बारमा पक्राउ परेकामध्ये केही महिला। तस्बिर : स्टायन्डर्ड
नैरोबी, केन्या- असली बाई (उमेर २० वर्ष परिवर्तित नाम) नेपालमा रहेको परिवारलाई सहयोग पुर्याउने बाटो खोज्ने आशाले गत वर्ष नोभेम्बरमा केन्या आइन्। बुढा बुवा आमाले विद्यालयको शुल्क तिर्न नसकेका कारण ७ वर्षमै विद्यालय छाड्न बाध्य भई केन्या आएकी र यौन दासी बनेकी युवतीलाई उनले भेटिन्।
यौन दासी
असली परिवारका ७ सन्तानमध्ये जेठी हुन्। विद्यालय छाडेपछि पैसा कमाउन उनी नर्तकी बनिन्। कामकै दौरानमा आफूलाई 'विश्वास' भनेर चिनाउने दलालसँग उनको भेट भयो। उसलाई उनले आफ्नो समस्याको बेलीविस्तार लगाइन्। उसले केन्यामा कामका लागि प्रस्ताव गर्यो। ‘विशालले नर्तकी खोजी रहेको एउटा मान्छे चिनेको छु भन्यो, म उत्साहित भएँ, ‘उनी भन्छिन्, ‘उसले मलाई आसिफसँग चिनजान गरायो।’ असिफसँग चिनजान भएको हप्तादिनमै उनले केन्याली सहर मुम्बासा आउन राहदानी र हवाई टिकट पाइन्।
नोभेम्बर १२ मा उनी मुम्बासा सहरको मोइ अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगिन्। उनलाई त्यहाँ आसिफले ग्रहण गरे। आसिफले बम्बुरीको एउटा घरमा लिएर गए। एक दिन आराम गर्न अनुमति दिए। त्यसपछि उनको नयाँ जागिरका लागि आसिफले ‘रिपोर्ट’ गरिदिए। न्यालीको न्यू रंगिला बार नामक एक रेष्टुरेन्टमा ‘डान्सिङ गिग’मा उनले मुजरा नामक नृत्य अभ्यास गरिन्। त्यसपछि आसिफले उनको राहदानी कब्जा गरे।
केन्यामा रहेको अन्तर्राष्ट्रिय मानव बेचबिखन संस्थाका लागि अनुसन्धान गर्ने प्रहरीसँग आफ्नो व्यथा बताउने ४ महिलामध्ये असली एक हुन्। उनको भनाईले प्रस्टै बताउँछ कि केन्या कसरी यौन र बाल दासीका ‘ट्रान्जिट’ र संकलन केन्द्रको गणतव्य हो भने।
प्रहरी अनुसन्धानको मुख्य ठाउँ न्यू रंगिला क्लब हो, जहाँ युवती नृत्य पस्किन्छन्। यो क्लब उनै आसिफको होऽ जो मुम्बासाका ठूला व्यवसायी हुन्। उनी राम्रो पहुँच भएका व्यवसायी हुन्। उनले सन् २०१४ देखि यो क्लब संचालन गरिरहेका छन्। हामीले प्राप्त गरेको कागजातले उनीसँग क्यानडा र बेलायतको राहादानी भएको देखाउँछ। उनको फेसबुक प्रोफाइल अनुसार उनले कथित स्वतन्त्र पत्रिका प्रकाशक र डिजिटल मिडिया कम्पनी क्यानडा वाइड मिडियामा पनि आवद्ध छन्।
गोप्य कोठा
विवाहित उनी बेलायत र क्यानडामा रहेका विश्वविद्यालय र विद्यालयमा अध्ययन गरेको दाबी गर्छन्। केन्याली समुन्द्री तटमा उनको केही प्रसिद्ध व्यापारीसँग सम्बन्ध रहेको मानिन्छ। सुरक्षा क्षेत्रमा पनि उनको सम्पर्क छ जसका कारण उनलाई पक्रन निकै कठिन छ।
अहिले उनीमाथि मानव तस्करी, मानव तस्करी वृद्धि र महिलाको राहदानी कब्जा गरेर यात्रा कागजातमा हस्तक्षेप गरेको आरोप लागेको छ। न्यू रंगिला बार मानव बेचबिखनका लागि प्रयोग गरेको आरोप पनि उनीमाथि छ। यो क्लब केही मानिसका लागि मात्रै खुला हुन्छ, जसले महंगो प्रवेश पास र ‘टिप्स’का लागि पैसा तिर्न सक्छन्। ‘जब तपाईं क्लब जानुहुन्छ, ढोका सँधै बन्द हुन्छन् र एकजनाले मात्रै ढोका ढकढक्याउनुपर्छ। त्यहाँ गार्डले जाँच गर्छन् र यदि तपाईंलाई चिनेमा मात्रै प्रवेश गर्न दिइन्छ,’ उक्त क्लब गएका तर नाम उल्लेख गर्न नचाहने एक जनाले भने।
मुजरा दक्षिण एसियामा उत्पत्ति भएको महिलाले नाँच्ने एक कामोत्तेजक नृत्य हो। ‘रेष्टुरेन्टमा गएका दशर्कले नर्तकीलाई मनोरन्जनवापत ‘टिप्स’ दिन्छन् र यदि कुनै महिलाप्रति आर्कषित भए उनले ती महिलालाई रेस्टुरेन्टको गोप्य कोठमा लैजान्छन्। त्यसबापतको छुट्टै पैसा तिर्छन्,’ उक्त क्लब गएको एक स्रोतले भन्यो।
नर्तकी प्रत्येक महिलालाई ‘निक नेम’ दिइएको हुन्छ। प्रत्येक रातका लागि पैसाको ‘टार्गेट’ पनि दिइएको हुन्छ। उनीहरुले महिनाको ५० हजार सिलिङ (केन्याली मुद्रा) देखि ८० हजार सिलिङसम्म पाउँछन्।
तर, प्रत्यक्ष रुपमा भने १० हजार देखि १५ हजार सिलीङसम्म मात्रै पाउँछन्।
उनीहरुका अनुसार सबै महिला न्यालीको एउटै अपार्टमेन्टमा सँगै रहन्छन्। उनीहरुलाई रातमा क्बलमा गएको बेला र महिनामा एकपटक ‘आउटिङ’ बाहेक बाहिर जाने आउनुमित हुँदैन्। त्यो पनि क्लब कर्मचारीले निगरानी गरिरहेका हुन्छन्।
मासिक टार्गेट
संजिता आले (२६ वर्ष) उक्त अपार्टमेन्टमा अरु १० महिलाका साथ १० महिना बसिन्। जुन बेला उनलाई केबल साँझ ९ देखि १० बजेको बीचमा मात्रै बाहिर जान दिइन्थ्यो।
जब उनी न्यू रंगिला क्लब जान्थिन्, बिहान ३ बजेतिर मात्रै अपार्टमेन्टमा फर्किन्थिन्।
आफू बस्ने अपार्टमेन्टको वरपरको बारे उनलाई थोरै मात्रै थाहा थियो।
‘हामीलाई काममा जाने बाहेक अरु बेला घर छाड्न अनुमती थिएन्,’ उनी भन्छिन्, ‘महिनामा एक दिन मात्रै मालिक साथसाथै रहेर हामीलाई विदा दिइन्थ्यो।’
उनी थप्छिन्, ‘साँझ ३ देखि ६ बजेको समयमा बाहेक अरु समयमा महिलालाई उनीहरुको फोन प्रयोग गर्न दिइँदैन्थ्यो।’
आसिफकोमा नाँच्ने मञ्च भएकी संजितालाई मासिक ४ लाख सिलीङ (केन्याली मुद्रा) टार्गेट थियो र उनले तलब वाफत मासिक ८० हजार सिलीङ पाउँथिन्।
‘मञ्चमा ग्राह हामीलाई टिप्स दिन्थे, जसलाई एक बाल्टीमा हालिन्थ्यो जहाँ प्रत्येक नर्तकीको नाम लेखिएको हुन्थ्यो,’ उनको भनाई छ। प्रत्येक महिना आसिफको परिवारलाई पठाउनका लागि उनका एक कर्मचारीबाट ६० देखि ७० हजार सिलिङ निकालिन्थ्यो।
गत १२ अप्रिलमा केन्याको न्यालीस्थित न्यू रंगिला क्लबमा कार्यरत नेपाली युवत पक्राउ परेपछि न्याली प्रहरी चौकीमा। उनीहरुलाई बारमा यौण शोषण समेत गरेको बतान्छ। तस्बिर : नेसन मिडिया ग्रुप
आर्थिक अभावका कारण सानै उमेरमा विद्यालय छाडेकी रन्जिता बिकको पनि उस्तै कहानी छ।
३० वर्षीया उनले केन्यामा नाँच्न सुरु गरिन र त्यही क्रममा उनले उन जस्ताका लागि केन्याले धेरै अवसर र धेरै प्याकेज उपलब्ध गराउँछ भन्ने जानिन्।
‘मेरो एकजना साथीले आसिफसँग चिनजान बनाइदिएको थियो,’ उनी भन्छिन्, ‘उसले फोनबाट मेरो अन्तर्वार्ता लियो। मैले उसलाई एक महिनाको तलब पहिले नै मागेँ। उसले मेरा लागि हवाई टिकेट किनिदियो। बैंक ऋण तिर्न र कपडा किन्न ८० हजार सिलीङ पठाइदियो।
रन्जिता गत वर्षको अगस्टमा मोम्बासाको मोई अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वेश पर्किन्। विमानस्थलममा उनले आसिफ र उनका चालकलाई भेटिन जसले उनलाई पर्खिरहेका थिए। त्यहाँ आसिफले उनलाई राहादानी हस्तान्तराण गरे। ‘अपार्टमेन्टमा मैले ८ जना नेपाली महिला भेटाएँ,’ उनी भन्छिन्, ‘त्यही साँझको करिब ९ बजेतिर हामीलाई गाडीले लगेको थियो र क्लबमा पुर्याइ दिएको थियो।’
रन्जितालाई महिला आन्दोलनमा जान प्रतिवन्द्ध थियो। आफैं उनलाई कतै जान या आपर्टमेन्ट छाड्ने अनुमित थिएन्। उनलाई केबल अपार्टमेन्टबाट उठाइन्थ्यो र क्बल पुर्याइन्थ्यो।
प्रहरी छापा
उनीहरुको सबै खर्च मालिकले तिरिदिन्थेँ। धेरै समय उनीहरुको फोन उनीहरुबाट टाढै राखिन्थ्यो, विशेष गरि रातको समय। ‘कामका सममाय हामी सबैसँग हाम्रा नाम लेखिएका बाल्टिन हुन्थेँ,’ उनी भन्छिन्, ‘वेइटरले ग्राहाकसामू त्यो बाल्टिन राखिदिन्थेँ। प्रत्येकका लागि आआफ्नै टार्गेट हुन्थ्यो। मेरो मासिक ४ लाख सिलीङ थियो।’
कहिलेकाँही उनीहरुले ग्राहाकबाटै प्रत्यक्ष पैसा पाउँथे र अधिकांश समय त्यो पैसा बाल्टिनमा राखिन्थ्यो। मासिक ८० हजार सिलीङ तलब बुझ्ने रन्जिताले घर पठाउनका लागि केबल १० हजार सिलीङदेखि १५ हजारसम्म लिन पाइन्थ्यो।
यो वर्षको अप्रिल १३ सम्म सबै चिज ठीकठाकै गइरहेको थियो। जासुसले करिब रातको ३ बजे क्लबमा छापा मारे। ‘म मञ्चमा नाचिरहेका बेला प्रहरी आयो,’ उनले भनिन्, ‘तिनीहरुले आफै आफ्नो परिचय दिए अनि हामीले बस्न निर्देशन दिए। उनीहरुल केही तस्बिर ल्याए त्यसपछि हामीलाई प्रहरी चौकीमा लगे जहाँ मलाई केही बयान दर्ता गर्नका लागि आग्रह गरियो।’
सञ्जु नाम गरेकी विवाहित अर्की महिलाले उनलाई केन्यामा काम गरेका एकजना साथीले नाच्ने कामबारे जानकारी गराएको थियो। ‘गरिबीले मलाई विद्यालयबाट निकालेपछि मैले मेरो भाग्य परीक्षण गर्ने निर्णय गरेँ,’ उनले भनिन्, ‘स्कुल छाड्ने बित्तिकै मेरो बिहे भयो। श्रीमान् घर बनाउने मजदुर थिए त्यसैले हाम्रो भविष्य उज्जल बनाउ मलाई धेरै पैसा चाहिन्थ्यो।’
आफूलाई रोजगारका लागि नियुक्ति गर्ने आसिफसँग उनी जोडिएकी थिइन जसले टेलिफोनमा अन्तर्वार्ता गरेर उनलाई कामको प्रस्ताव गरेका थिए। उनी केन्या प्रस्थान गर्नुअघि उनको तवल स्वरुप पहिले नै ६० हजार लिलीङ पठाइदिएका थिए।
उनका अन्य सहकर्मी जस्तै उनको पनि आउने बित्तिकै राहादानी खोसिएको थियो र अन्य १० जनासँगै बम्बुरी अपार्टमेन्टमा सिमित गरिएको थियो। ‘काममा जानका लागि हामीलाई अपार्टमेन्टबाट लगिन्थ्यो र फेरी त्यही ल्याइन्थ्यो,’ उनी भन्छिन्, ‘हामीलाई अपार्टमेन्ट छाड्ने अनुमित थिएन्। अरु समय पनि हामी मालिकको निगरानीमा घरमा छाडिन्थ्यौं र मालिकले हामी आर्पाटमेन्टमा फर्किएको निधो गर्थे।’
यौन शोषण
सञ्जुको मालिकले उनको ६० हजार सिलीङमध्ये ५० हजार सिलीङदेखि ५५ हजार सिलीङ नेपालमा उनका परिवारलाई सिधै पठाइ दिने भनेका थिए।
‘मलाई मासिक ५ हजार सिलीङ देखि १० हजार सिलीङ मात्रै मलाई दिइन्थ्यो,’ उनले भनिन्, ‘बाँकी पैसा मालिकले सिधै मेरो श्रीमान्लाई पठाउथे।’
त्यहाँ १२ जना नेपाली महिला थिए जो अप्रिलको मध्य रातमा मानव बेचविखन विरुद्ध काम गर्ने प्रहरीको छापामा पक्राउ परेका थिए।
ती महिलाई यो महिनाको अन्तमा स्वदेश फर्काउने आसा गरिएको छ।
संयुक्त राष्ट्रसंघको बेचबिखन रिपोर्ट २०१८ अनुसार मानव तस्करीको मुख्य कारण यौन शोषण र बलपूर्वक काममा लगाउनु थियो।
बेचविखनमा परेकामध्ये करिब ५० प्रतिशत यौन शोषणका लागि तस्करी गरिन्छ। जबकी ४९ प्रतिशत बलजफ्ती श्रमका लागि किनबेच हुन्छ।
बाँकी १ प्रतिशत भने अन्य कामका लागि तस्करी गरिन्छ। बुहमत पीडित महिला र बालबालिका छन्। उक्त रिपोर्टले तस्करीमा पर्नेको संख्या बढी रहेको समेत देखाएको छ।
दुई बालबालिका
मानव तस्करी विरुद्धको गैर सरकारी संस्था, ट्रेस केन्याका कार्यकारी निर्देशक पौल अधोत्त विदेशीलाई केन्या प्रवेश सम्बन्धी कमजोर कानुनका कारण मानव तस्करी बढी रहेको बताउँछन्। सहज पहुँचको फाइदा उठाएर संगठित व्यक्तिले लुकाई—छिपाई केन्यामा भित्र्याउने गरेको उनी बताउँछन्।
‘धेरै जसोलाई पर्यटक भिसा र अस्थायी कागजातका आधारमा ल्याइन्छ,’ उनी भन्छन्, ‘एउटा देशका रुपमा हामी कस्ता मान्छे के काम गर्छन् आइरहेका छन् भन्नेमा कम चासो राख्छौं। ती मानिस बार र बेश्यालयमा सकिन्छन् र त्यहाँ शोषण पनि हुन्छ।’
केन्या र दक्षिणी अफ्रिका मानव तस्करीका लागि मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ रहेको उनी बताउँछन्।
यसैबीच आसिफले आफ्नो गिरफ्तारीपछि मुद्दाको समाना गरिहेका छन्। दुई बालकको आर्थिक शोषणो मुद्दा पनि उनीमाथि लागिरहेको छ। एक १६ वर्षीया किशोरी हुने भने अर्की १७ वर्र्षीया किशोरी। उनीहरुलाई बारमा नर्तकी बनाउनु शारीरिक, मानसिक र समाजिक विकासका लागि हानिकारक मानिन्छ। व्यापारीहरुलाई केन्यामा विनाअनुमति व्यापार संचालन गरेको र विदेशीलाई गैरकानुनी तरिकाले काममा लगाएको मुद्दा पनि लगाईएको छ। अभियोजनकर्ताले आसिफले दुईवटा राहदानी बोकेको तर तिी कुनै पनि केन्याको नभएको आधारमा टेकेका छन्। उनीहरुले आसिफको राष्ट्रियतामाथि पनि प्रश्न उठाइ रहेका छन्।
संदिग्धलाई आवश्यक अनुमति पत्र बिना १२ विदेशीलाई महिलालाई क्लबका डान्सरका रुपमा काममा लगाएको र उनीहरुको प्रवेश पत्रले कामका लागि केन्यामा अनुमति नदिने आरोप पनि लगाइएको छ।
(फिचरमा उल्लेखित पीडित महिलाको नाम परिवर्तित हुन्। केन्याली अखबार ‘डेली नेसन’का लागि मोहमद अहमेद र बे्रइन ओचारोले तयार पारेको फिचरलाई नेपाल लाइभका रामकुमार डिसीले अनुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।